अस्पताल एउटा प्रयोगशाला
वीपी प्रतिष्ठानमा एक बिरामीका आफन्तको भोगाई
शरिन ख्युङ्वा तामाङ
आज मेरो जीनको पहिलो अनुभव: इजरायल १४ वर्ष बसे अस्पतालमा सैयौं रातदिनहरु बिताए । बिरामी बाजे बजुहरुसँग तर बिरामी बाजे बजुहरुको ब्लड कहिल्यै डाक्टरले निकालेको देखिन ब्लडदेखि प्रेसर चेक, सुगर चेकलगायत सबै काम नर्सले गर्थ्यो। डाक्टर भिजिटमा आएर बिरामीको अवस्था बुझ्थ्यो नर्सहरुसँग तर आज वीपी घोपा क्याम्पमा देखे डाक्टरले बिरामीको ब्लड निकालेको त्योपनि तिखो मोटो सुइ घुमाइ-घुमाइ । के गर्नुभएको त्यस्तो भनेर मैले सोध्दा नसा खोजेको अरे ! त्यो देखेर जा* डाक्टरलाई झापु हानुमझैँ भएको थियो ।
त्यो घोपाइले दुखेर मेरो आमाले यति नराम्ररी मन दु:खाइ दु:खाइ रुनु भयो कि जीवनमा जा* डाक्टरको कारण मेरो आमाको आखामा आँसु देख्ता हामी स्तब्ध भयौं । हाम्रो नराम्ररी मन दुःखेको कारण हामीले जवाफ दिउँ मेरो बिरामी आमा तिमीहरुको प्रयोगशाला होईन भोलि आमा हामी लान्छौं पुगेपछि हत्तपत्त फिर्ता आउन मुस्किल हुन्छ भन्नुको एउटा् कारण सुइ घोपाइ नै डरलाग्दो रहेछ । इजरायलमा त्यसरी ब्लड निकाल्नुलाई सुई घुमाइ-घुमाइ घोपेको देखिन मैले ।
क्याटेगोरी : विचारट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #घोपा क्याम्प, #शरिन ख्युङ्वा तामाङ
तपाईको प्रतिक्रिया दिनुहोस