स्वास्थ्यमा दुई सचिवकाे वाचा ‘हामी कहिले द्वन्द्व गर्ने छैनाैं’,
काठमाडौं । स्वास्थ्य सचिव डा राेशन पाेखरेलले स्वास्थ्यमा दुई सचिवकाे विवाद नहुने विश्वास व्यक्त गरेका छन् । त्यस्तै प्रशासनतर्फकी नयाँ सचिव देवकुमारी गुरागाईंले पनि कुनै किसिमकाे विवाद नगर्ने वाचा दिएकी छन् ।
बुधबार प्रशासनतर्फकी सचिव देवकुमारी गुरागाईंकाे स्वागत कार्यक्रममा प्राविधिक तर्फका सचिव डा. राेशन पाेखरेल विगतमा जस्ताे अरुले कुरा काट्ने वातावरण नबनाउने विश्वास दिलाएका छन् ।
प्रशासनतर्फकी सचिव गुरागाईंले पनि तेराे मेराे नभनी काम गर्ने बताईन् । उनले पूर्व प्रवक्ता डा. विकास देवकाेटाले काेभिडकाे चरम विन्दुमा खेलेकाे भुमिकाकाे प्रसंशा गरिन्। पहिलो भेटमै दुई सचिवको हार्दिकतापूर्वक सम्बन्ध देखिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस