स्वास्थ्यमन्त्रीको पार्टीको दोहोरो भूमिका

सत्तामा टिक्न एमसिसी टेबल गर्न दिने, भातृ संगठनलाई एमसिसीको ‘किरिया’ गर्न लगाउने  


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको पार्टी नेकपा एकीकृत समाजवादीले एमसिसीमा दोहोरो भूमिका खेलेको छ ।

स्वास्थ्यमन्त्री खतिवडाको पार्टी एकीकृत समाजवादीले एकातिर गठबन्धन जोगाउन र सत्तामा टिक्न एमसिसी सदनमा टेबल गर्न सैद्धान्तिक सहमति दिएको छ । अर्कोतर्फ अनेरास्ववियुलगायत पार्टीको भातृ संगठनलाई एमसीसीको ‘किरिया’ गर्न लगाएको छ ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले सेतो बस्त्र लगाएर सडकमै एमसिसीको ‘काजकिरिया’ गरेका छन् । नेकपा एकीकृत समाजवादीले हिजै पार्टीको स्थायी कमिटी बैठकबाट एमसिसी सदनमा पेश गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो ।

आज सत्ता गठबन्धनको बैठक सहभागी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसिसी सदनमा टेबल गर्न सहमति दिएका छन् । तर पार्टीको भातृ संगठनहरुलाई भने सडकमा पठाएर एमसिसीको काजकिरिया र  हवन गर्न लगाएको छ ।

यसले स्वास्थ्यमन्त्रीको पार्टीले दोहोरो भूमिका खेलेको देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #एमसिसी, #नेकपा एकीकृत समाजवादी, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ