गंगालालका ल्याब इन्चार्ज यादवविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बांसबारी, काठमाडौंका तत्कालीन ल्याब इन्चार्ज बिनोद कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादव उपर गलत प्रतिवेदन तयार पारी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र विशेष अवालमा दायर गरेको हो ।
यादवले पी.सी.आर. परीक्षण नै नगरी आफुखुशी गलत प्रतिवेदन तयार पारी बदनियतपूर्वक भए गरेको कुरा लुकाईछिपाई नभए नगरेको कुरा देखाई पी.सी.आर. प्रतिवेदन सम्बन्धित मानिसहरुलाई दिएको पुष्टि हुन आएको भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर भएको हुँदा निज प्रतिवादी बिनोद कुमार यादवलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारी जानकारी दिए ।
।
प्रेस विज्ञप्ति
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज बिनोद कुमार यादवले पी.सी.आर. टेष्टको रिपोर्ट फेरबदल गरी लामो समयदेखि अनुचित लेनदेन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बांसबारी, काठमाडौंका ल्याब इन्चार्ज बिनोद कुमार यादवले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको छाप आफुखुशी बनाई दुरुपयोग गर्ने गरेको, निजले प्रयोग गर्ने कार्यालयको कम्प्युटरको सी.पी.यू.को फरेन्सिक परीक्षण गर्दा फेला परेका पी.सी.आर. रिपोर्टहरु सबै नक्कली भएको, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका मानिसहरुको स्वाब संकलन गरी अनाधिकृत रुपमा रकमसमेत लिई स्वाबको परीक्षण नै नगरी गलत पी.सी.आर. प्रतिवेदन आफुखुशी तयार पारी उपलब्ध गराएको, पी.सी.आर. परीक्षणको लागि स्वाब संकलन गरी परीक्षण नै नगरी मौखिक रुपमा रिपोर्ट नेगेटिभ भएको भनी गलत रिपोर्ट बनाउने गरेको, त्यसैगरी आफ्नो कार्यकक्षमा नै व्यक्तिहरुको स्वाव संकलन गर्ने र रिपोर्ट पोजेटिभ आएमा पनि थप रकम लिई रिपोर्ट नेगेटिभ बनाईदिने काम गरी बिभिन्न मानिसहरुको बिभिन्न मितिमा पी.सी.आर. परीक्षण नै नगरी आफुखुशी गलत प्रतिवेदन तयार पारी बदनियतपूर्वक भए गरेको कुरा लुकाईछिपाई नभए नगरेको कुरा देखाई पी.सी.आर. प्रतिवेदन सम्बन्धित मानिसहरुलाई दिएको पुष्टि हुन आएको र निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर भएको हुँदा निज प्रतिवादी बिनोद कुमार यादवलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस