मृत्यु प्रमाणपत्रलगायत अस्पतालको नक्कली डकुमेन्ट बनाउने चिनीयाँ गिरोह
काठमाडौं । ग्रिन सिटी हस्पिटलको नाममा जारी गरिएको नक्कली मृत्य प्रमाणपत्रको कागजातसहित महानगरीय प्रहरी वृत्त कालिमाटी वाङ याङ नाम गरेका एक चिनीयाँ नागरिक पक्राउ गर्यो । उनको साथबाट प्रहरीले हस्पिटलबाट जारी नक्कली मृत्यु प्रमाणपत्रदेखि पशुपति आर्यघाट सेवा केन्द्रको नाममा जारी गरिएको कागजातसम्म नियन्त्रणमा लिएको छ ।
महानगरी प्रहरी वृत्त कालिमाटीले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक चिनिया नागरिक नक्कली कागजात बोकी हिँडेको भन्ने जानकारी प्राप्त भएपश्चात वृत्तको टोलीले ति चिनीयाँ नागरिकलाई नियन्त्रणमा लिएको हो ।
उनले विभिन्न व्यक्तिको अस्पतालबाट नाममा जारी भएको मृत्यु प्रमाणपत्र र उपचार गरेको विवरण बोकेको पाइएपछि कालिमटी प्रहरीले यसको गिरोह नै हुन सक्ने आशंका गरेको छ । पछिल्लो समय नेपालमा ठूलो संख्यामा हस्पिटलको नक्कली प्रमाणपत्र बनाउनेदेखि, अनलाइन जुवा खेलाउने र वैंकको एटिएम फुटाएर पैसा चोर्ने धन्दामा संलग्न चाइनिज गिरोह समात्न थालेको छ । काठमाडौंलाई अपराध गर्ने थलो बनाएर उनीहरू सक्रिय हुन थालेको देखिन्छ ।
ग्रिन सिटी हस्पिटलको नाममा जारी गरिएको नक्कली मृत्य प्रमाणपत्रको कागजातसहित नियन्त्रणमा लिएका वाङ याङमाथि भने कालिमाटी प्रहरीले मुलुकी अपराध संहिता २०४५ को परिच्छेद २५ लिखत सम्बन्धि कसुरको दफा २७६ को उपदफा (१) किर्ते गर्न नहुने कसुर अन्तर्गतको मुद्दामा काठमााडौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ग्रीन सिटी हस्पिटल, #चिनियाँ गिरोह
तपाईको प्रतिक्रिया दिनुहोस