एपीएफ अस्पतालमा डीआईजी दरबन्दीसहित नयाँ इमर्जेन्सी बन्ने


काठमाडौं ।  बलम्बुस्थित सशस्त्र प्रहरी बल(एपीएफ) अस्पतालमा डीआईजी दरबन्दीसहित नयाँ इमर्जेन्सी र अपरेशन थिएटर (ओ.टी.) भवन बन्ने भएको छ ।

सशस्त्र प्रहरी अस्पतालका प्रमुख एसएसपी डा. रुपक महर्जनको सक्रियतामा इमर्जेन्सी र ओटी भवन बन्न लागेको हो ।

नेपाल एपीएफ अस्पताल परिसरमै बन्न लागेको नयाँ भवनको सशस्त्र प्रहरी बल महानिरीक्षक (आईजी) शैलेन्द्र खनालले शिलान्यास गरेलगत्तै निर्माण प्रक्रिया अघि बढेको छ ।

अस्पताल प्रमुख डा. महर्जनलाई एसएसपीबाट डीआईजीमा बढुवा गर्न डीआईजीको नयाँ दरबन्दी थपिएसँगै नयाँ संरचना निर्माणको प्रक्रिया पनि अगाडि बढेको हो ।

क्याटेगोरी : समाचार
ट्याग : #आईजी शैलेन्द्र खनाल, #एपीएफ अस्पताल, #एसएसपी, #डा. रुपक महर्जन, #डीआईजी, #सशस्त्र प्रहरी बल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ