नेपाली सेनालाई भारतीय सेनाले एक लाख डोज खोप दियो


काठमाडौं ।  नेपाली सेनालाई भारतीय सेनालाई १ लाख डोज कोरोनाविरुद्धको खोप दिएको छ । भारतीय गोरखा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्तनारायणले उक्त खोप नेपाली सेनालाई हस्तान्तरण गरेका छन् ।

नेपाली सेनाको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच लेफ्टिनेन्ट जनरल अनन्तनारायणले नेपाली सेनाका रथी वालकृष्ण कार्कीलाईसमक्ष उक्त खोप हस्तान्तरण गरेका हुन् । भारत सरकारले खोपमैत्री योजनाअन्तर्गत भारतीय सेनामार्फत नेपाली सेनालाई उक्त खोप उपहारस्वरुप प्रदान गरेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ