दैलेख नौमूलेका ‘जँड्या’ वडाध्यक्षले स्वास्थ्यकर्मी कुटेपछि..
काठमाडौं । दैलेख नौमूले गाउँपालिका वडा नम्बर ७ ‘जँड्या’ वडाध्यक्ष मोतीलाल बस्नेतले डियुटीमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई कुटेका छन् ।
दैलेखको नौमुले गाउँपालिका अन्तर्गतको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्ट यामप्रसाद शर्मालाई ड्युटीमा रहेका बेला वडाध्यक्ष बस्नेतले गालीगलौज गर्नुका साथै हातपातसमेत गरेकाे आरोप लागेको छ । वडाध्यक्ष बस्नेतले रक्सी खाएर डाक्टर र स्वास्थ्यकर्मीमाथि हातपात गरेको शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
डाक्टरमाथि भएको गालीगलौज र हातपातविरुद्ध स्वास्थ्यकर्मीहरुले इम इमर्जेन्सीबाहेकका सेवा बन्द गरिएको र आफूहरूमाथि हातपात गर्ने जँड्या वडाध्यक्षलाई कारबाही नगरिए बिरामीलाई सेवा दिन नसकिने डा. शर्माको भनाई छ । उनले वडाध्यक्ष बस्नेतमाथि कारबाही नभएसम्म इमर्जेन्सी र प्रसूति सेवाबाहेक सञ्चालन नगर्ने अडान राखेका छन्।
इमर्जेन्सीमा बिरामी जाँच गरिरहेको बेला राति साढे आठ बजेतिर मातेर आएका वडाध्यक्षले गालीगलौज गर्दै हातपातसमेत गरेको भन्दै नौमूले प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन् ।
क्याटेगोरी : प्रदेश, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस