नेपालमा कोरोना संक्रमण: ६७ संक्रमित, ३ सय ६२ निको, मृत्यु हुनेको संख्या शून्य

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा कोरोना संक्रमितको संख्या ६७ संक्रमित, निको हुनेको संख्या ३ सय ६२ र मृत्यु हुनेको संख्या शून्य रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टले नेपालमा कोरोना संक्रमणको अवस्था घट्दो र निको हुनेको संख्या बढ्दो देखिन्छ । मृत्यु हुनेको संख्या शून्य रहनुले नेपालमा कोरोना भाइरसको संक्रमण बिस्तारै कमजोर हुँदै गएको पाइन्छ ।
जिल्ला प्रशासन कार्यालयले पनि कोरोना भाइरस संक्रमण दर घट्दै गएको देखाउँदै स्मार्ट लकडाउन गर्ने निर्णय खारेज गर्दै सबै क्षेत्र खुला गरेको छ । नेपालमा कोरोना भाइरसको संक्रमण र असर कमजोर हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टले जनाएको छ ।
ट्याग : ## जिल्ला प्रशासन कार्यालय, #कोरोना भाइरस संक्रमण, #स्मार्ट लकडाउन, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
तपाईको प्रतिक्रिया दिनुहोस