नेपाल एपीएफ अस्पताललाई पाठेघरको चेकजाँच गर्ने मेसीन प्रदान

काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले मंगलबार नेपाल एपीएफ अस्पताललाई करिब १६ लाख रुपैयाँ बराबरको पाठेघर चेकजाँच गर्ने मेसीन प्रदान गरेको छिन् ।
उनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एपीएफ अस्पतालका प्रमुख प्रा. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जनलाई उक्त मेसीन हस्तान्तरण गरेकी हुन् ।
एपीएफ अस्पताललाई मेसीन हस्तान्तरण कार्यक्रममा संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले सशस्त्र प्रहरी परिवार महिला संघलाई सहयोग पु¥याउने संघका कार्यकारीणी पदाधिकारी तथा सल्लाहाकार र नेपाल एपीएफ अस्पतालका डाक्टरलाई प्रशंसा पत्र समेत प्रदान गरिन ।
अस्पताललाई प्राप्त मेसीनको प्रयोगले हाल प्रदान गरिरहेको सेवा थप प्रभावकारी हुने उनको विश्वास छ ।
ट्याग : #अध्यक्ष श्रीमती सरिता कणेल खनाल, #एपीएफ अस्पतालका प्रमुख प्रा. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जन, #सशस्त्र प्रहरी परिवार महिला संघ
तपाईको प्रतिक्रिया दिनुहोस