डा. सन्दुक रुइतको नेतृत्वमा रामेछापमा आँखा शिविर

काठमाडौं । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतको नेतृत्वमा रामेछापको दोरम्बामा आजदेखि निःशुल्क आँखा शिविर सुरु भएको छ ।
रामेछापको दोरम्बास्थित काकलिङ विद्यालयमा सञ्चालित आँखा शिविर तीनदिन सम्म चल्ने छ ।
द तेज कोहली एन्ड रुइत फाउन्डेसनले विपन्न वर्गमा बिरामीलाई निःशुल्क आँखा उपचार गर्ने उद्देश्यले यो शिविर सञ्चालनमा ल्याएको हो । शिविरमा करिब ३ सय बिरामीको आँखाको शल्यक्रिया गर्ने तयारी छ ।
ट्याग : #डा. सन्दुक रुइत, #निःशुल्क स्वास्थ्य शिविर, #रामेछाप दोरम्बा
तपाईको प्रतिक्रिया दिनुहोस