नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीको अध्यक्षमा डा काफ्ले, महासचिवमा डा ज्ञवाली
काठमाडौं । नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीको अध्यक्षमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार राजधानीमा एक कार्यक्रमका बिच साेसाइटीकाे नयाँ नेतृत्व छानिएको हाे । उक्त नेतृत्व आगामी दुई वर्षका लागि हुनेछ ।
डा काफ्ले राट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक समेत हुन् । साेसाइटीकाे महासचिवमा प्राध्यापक डाक्टर प्रेमराज ज्ञवाली नियुक्त भएका छन् । ज्ञवाली हालै चिकित्सा शास्त्र अध्ययन सस्थान आइआेएमका सहायक डिन नियुक्त भएका छन् ।
त्यस्तै उपाध्यक्षमा प्रा.डा. दिव्या सिंह शाह, कोषाध्यक्षमा डा मुकुन्दप्रसाद काफ्ले, सहसचिवमा डा मुकुन्दप्रसाद आचार्य, सहकोषाध्यक्षमा डा अनिल श्रेष्ठ चयन भएका छन् ।
यसैगरी सोसाइटीको सदस्यहरुमा डा. महेश राज सिग्देल, डा. अरुण शर्मा, डा. पवन राज चालिसे, डा. शैलेन्द्र श्रेष्ठ, डा. छेतेन योञ्जन,डा. महेशराज जोशी निर्वाचित भएका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस