सिंहदरबार हेल्थ डेस्क पुन सुचारू
काठमाडौं । काेभिड १९ संक्रमण पछि बन्द भएकाे सिंहदरबार हेल्थ डेस्क पुन सुचारू भएकाे छ । आइतबार एक कार्यक्रमका बिच हेल्थ डेस्क संचालनमा ल्याइएको हाे ।
सात हजार भन्दा बढी कर्मचारी कार्यरत रहेको र दैनिक हजारौ सेवागाही आउने देशकै प्रमुख केन्द्रीय प्रसासनिय निकाय सिंहदरबार परिसर भित्र वीर अस्पताल ले हेल्थ डेस्क सन्चालनमा ल्याएको हाे ।
०७४ फुागुन १६ मा स्थापना भएको उक्त सेवा कोभिड र स्थानको अभावले बन्द थियो । उक्त हेल्थ डेस्क बन्द रहेपछि प्रधानमन्त्री कार्यालयकाे अनुरोधमा पुन वीर अस्पतालले सेवा सुरु गरेको हो ।
हेल्थ डेक्सकाे उद्धाटन नेपाल सरकारका मुख्य सचिव शंकर दास बैरागीले गरे । हेल्थ डेस्क स्वास्थ्य सेवाको शुभारम्भ वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा डा भुपेन्द्र बस्नेतले मुख्य सचिव बैरागीको स्वास्थ्य जाँच गरी शुभारम्भ गरे ।
बिहान १० बजे देखी दिउँसो ३ बजे सम्म वीर अस्पताल का दुई जना चिकित्सक र ३ जना स्वास्थ्यकर्मी बाट सेवा प्रदान हुनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भवनको पुर्वी प्रवेश द्वार सगै साविक राष्ट्रिय पुर्नर्निर्वाण प्राधिकरण रहेको भवन बाट सेवा शुरु भएको छ ।
हेल्थ डेस्कमा अक्सिजन सहित वेड, स्वास्थ्य परीक्षण,वल्ड प्रेसर,वर्ल्ड सुगर, ड्रेसिङ्ग लगायत जाँच गरिन्छ भने सुविधासम्पन्न ऐम्बुलेन्स पनि हुने छ ।
हेल्थ डेक्सबाट स्वास्थ्य परामर्श दिदै आवश्यक औषधि समेत दिइन्छ र स्वास्थ्य अवस्था र आवश्यक हेरेर सरकारी अस्पताल मा रेफर गरिन्छ । कर्मचारीलाई तत्काल स्वास्थ्य समस्याबाट बचाउन, सामान्न स्वास्थ्य समस्या र जाँच को लाई कार्यालय छाडेर बाहिर अस्पताल जान नपरोस, कार्यालय समयको बचत होस भन्ने हेल्थ डेस्ककाे उद्देश्य हो ।
हेल्थ डेस्कमा समय समयमा मुटुरोग, मधुमेह, हाडजोर्नी तथा नशा रोग, नाक कान धाटी रोग,छाला,महिला रोग लगायत बिषेशज्ञ चिकित्सक सेवा पनि दिने योजना रहेको सिंहदरबार हेल्थ डेस्क प्रमुख बरिष्ठ स्वास्थ्यकर्मी दिपक मुडभरीले बताए ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस