२३ वटा अवैध टेस्टट्यूब बेबी सेन्टर  दर्ता प्रक्रियामा आए


काठमाडौं । देशभका विभिन्न भागमा रहेर अवैध रुपमा संचालित २३ वटा टेस्टट्यूब बेबी सेन्टरहरु दर्ता प्रक्रियामा आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृत समेत नलिई आम नागरिक ठगिरहेका सेन्टरहरु अहिले प्रक्रियामा आएका छन् ।

अवैध टेस्टट्यूब बेबी सेन्टर संचालनबारे स्वास्थ्य लाइभले उठान गरेको थियो । लगत्तै स्वास्थ्य मन्त्रालयले १५ दिनको समय दिएर निवेदनसहित दर्ता प्रक्रियामा आउँन निर्देशन दिएपछि २३ वटा सेन्टरहरु दर्ता प्रक्रियामा आएको गुणस्तर तथा अनुमगम महाशाखाले जनाएको छ ।

तोकिएको समयभित्र दर्ता प्रक्रियामा नआए कानून बमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको थियो । जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ बमोजिम निजी, गैरसरकारी वा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालनका लागि नियमावलीको अनुसूची ९ अनुसार स्वास्थ्य संस्थाले इजाजतपत्र लिनुपर्ने कानूनी व्यवस्था छ ।

स्वास्थ्य लाइभले गत १२ फागुनमा वात्सल्यले निःसन्तानको नाममा अवैध धन्दा चलाएको पुष्टि सहित समाचार लेखेको थियो । त्यस लगत्तै थप सेन्टरहरुका बारेमा प्रश्न उठेपछि मन्त्रालयले विशेष चासो दिएको थियो ।

हाल दर्ता प्रक्रियामा आएका टेस्टट्यूब बेबी सेन्टरहरुमा वात्सल्य नेचुरल आईभीएफ प्राली, क्रियटर्स आईभीएफ नेपाल प्राली, नेपाल इन्टरनेशनल फर्टिलिटी एन्ड लाप्रोस्कोपिक सेन्टर, मनमोहन आईभीएफ सेन्टर प्राली, नोबेल मेडिकल कलेज, होप फर्टिलिटी एन्ड डायगनोस्टिक प्राली,स्नेह फर्टिलिटी सेन्टर प्राली, भेनस हस्पिटल प्राली, बरदान फर्टिलिटी सेन्टर प्राली, बिराट नर्सिंग होम प्राली, अल्का अस्पताल प्राली, ओम हस्पिटल एन्ड रीसर्च सेन्टर, डेनिस हेल्थ क्लिनिक प्राली, साहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर, नेपाल परिवार नियोजन संघ, काठमाडौं मोडेल अस्पताल, पोखरा फर्टिलिटी क्लिनिक प्राली, चितवन मेडिकल कलेज, होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर, ग्रान्डी सिटी हस्पिटल प्राली, इन्फर्टिलिटी सेन्टर प्राली, माया आईभीएफ क्लिनिक प्राली र एङगल फर्टिलिटी क्लिनिक प्राली रहेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ