दुवाकाेटमा विस्तारित वीरको आधुनिक नमूना अस्पताल बन्नेमा शंका ! चीनले सहयोग गर्दिन्छु भन्याे गरेन 


काठमाडौं । भक्तपुरको दुवाकाेटमा विस्तारित वीरको आधुनिक नमूना अस्पताल बन्नेमा आशंका व्यक्त गरिएको छ । जिल्ला समन्वय समिति भक्तपुर सभापति नवराज गेलालले दुवाकोटमा विस्तारित अस्पताल बन्नेमा आशंका व्यक्त गरेका हुन् ।

चीनले गर्दिन्छु भनेर नगरेको उनको भनाइ छ । ‘कि हुँदैन भनेर प्राेजेक्ट चाहिँदैन। सेना नदिने क्लिनिक फिर्ता लैजानुस चाहिँदैन । यही क्षेत्रका सचिवहरु पनि भए काम भएन । याे न्याम्सकाे पदाधिकारीले काम गरेन । अब रिजल्ट चाहिन्छ बाहना हैन ।’, गेलालले भने । हरेक वर्ष बजेट खेर गयाे अब हुन्छ की प्रकृया अगाडि बढेकाे छ । उनले वीर अस्पताल विस्तारको योजना बेवारिसे बनेको तर्क गरे । वीर अस्पताल विस्तारको नाममा अहिलेसम्म एक अर्ब बजेट ‘फ्रिज’ भइसकेको छ । अस्पताल बनाउने मनसाय राम्रो नदेखिएको भन्दै गेलालले अस्पताल बनाउने सरकार बदनाम गराउने काम मात्रै भएको धारणा राखे । स्वास्थ्यका अधिकारीसँग कहिले सुरु हुन्छ, हुँदैन भने जवाफ स्पस्ट दिन उनको अनुरोध छ ।

स्वास्थ्यमन्त्री विराेध खतिवडा छिनछिनमा मन्त्री परिवर्तन हुनुले पनि अस्पताल विस्तारको परियोजनामा समस्या भएकाे बताए । ‘जमिन हाम्रो, बाटाेघाटाे, हाम्रो तर खर्च अरुकाे चाहिएकाे छ’, उनले भने ।

ठूलै कार्यक्रम चिनलाई दिने भनेर लागियाे तर बजेट नदिएको मन्त्री खतिवडाले बताए । आफूहरूले बर्षमा १०-२० कराेड बजेट हाल्दै बसेको उनको भनाइ छ । मन्त्री खतिवडाले अघि थपे, ‘२५ गते चिनियाँ विदेशमन्त्री आउँदैछन् त्यस बेला याे परियारलाई अगाडी सारिने छ । चिनले बजेट नदिएपनि काम राेक्नु हुँदैन भनेर बजेट हालेकाे हाे ।’, गरिब हुनुकाे पीडा यस्तै बेला महसुस हुने भन्दै उनले अहिले त्यस्तै भएको गुनासो पोखे ।

नेपालको श्रोतले नभ्याएपछि दाता खाेज्नु परेकाे मन्त्री खतिवडाको तर्क छ । चिनले गर्दिन्छु भनेकाे आसमा काम थालिएको बताउँदै उनले खास घटना यहि हाे कसैलाई दाेष लगाउन आवश्यक नरहेको जनाए । ‘अहिले पनि याे प्राेजेक्ट सहमति भएन भने थाेरै थाेरै गरेर भएपनि अगाडि बढाउँछाै । निरासा हुन दिदैनाैं ।’, मन्त्री खतिवडाले भने । जसले दिन्छु भन्याे उसैले नदिएको बताउँदै उनले त्यहि भएर ढिला भएको स्पष्ट पारे ।  खेर जाने बजेटले अस्पताल चलाउनुपर्ने मन्त्री खतिवडाको तर्क छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति देवनारायण साहले २०७३ सालमा मात्र न्याम्सको नाममा जग्गाको लालपुर्जा आएको सुनाए ।  अस्पताल विस्तारको ३० अर्बकाे परियोजना हाे रहेको र अहिलेकाे महँगी अनुसार अर्ब बढी पुग्न सक्ने उनको भनाइ छ  । पुर्ण क्षमताका साथ काम गरेर अगाडि बढाई परियोजना पूरा हुने उपकुलपति साहको दाबी छ ।

स्वास्थ्य सचिव डा. राेशन पाेखरेल अस्पताल विस्तारको परियोजना ढिला भएकामा आफूहरू चिन्तित भएको बताए । याे वर्षपनि बजेट सदुपयोग भएन भने आफूहरुको कार्यक्षेत्रमा प्रश्न उठ्ने उनको भनाइ छ । ‘चिनियाँ विदेश मन्त्री आउँदै हुनुहुन्छ उहाँसँग परियोजनाबारे विस्तृत छलफल गर्छौं । रकमकाे सुनिश्चितता भएपछि अगाडि बढ्छ ।’, सचिव पोखरेलले भने । रकमको सुनिश्चितता नभएकाले परियोजनामा बिलम्ब भएकाे उनले सुनाए ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ