विश्व क्षयरोग दिवसमा क्रिस्टल डायग्नोस्टिकको विशेष छुट
काठमाडौं । ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔँ’ भन्ने मुल नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदैछ । हरेक वर्षको मार्च २४ अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । आज नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । स्वास्थ्य मन्त्रालयले विशेष कार्यक्रमको आयोजना गरेको छ । त्यस्तै निजी क्षेत्रबाट संचालित स्वास्थ्य संस्थाहरुले पनि क्षयरोग दिवस मनाउँदैछन् ।
क्रिस्टल डायग्नोस्टिक सेन्टरले पनि विभिन्न कार्यक्रमहरुसहित विश्व क्षयरोग दिवस मनाउँदैछ । सेन्टरले दिवसको अवसर पारेर विशेष छुटको व्यवस्था समेत गरेको छ । विश्व अत्याधुनिक युगमा प्रवेश गरेपनि पुरानोमध्येको क्षयरोग अझै हाम्रो समाजमा विद्यमान छ । विश्वबाट क्षयरोग अन्त्यका निम्ति प्रयत्न जारी छन् ।
विश्वमा अझै पनि केही यस्ता रोग र संक्रमण बाँकी छन् जसले शताव्दीऔंदेखि विश्वमा मृत्युको ताण्डव मच्चाइरहेका छन् । नेपालमा मात्रै हरेक वर्ष ६९ हजार नयाँ क्षयरोगी थपिने गरेको सरकारी अनुमान रहेको छ । तर, ४० हजार भन्दा बढी सम्पर्कमा आउँन सकेका छैनन् ।
सन् १८८२ मा मार्च २४ तारिखका दिन डाक्टर रबर्ट काचले क्षयरोगको कारक ब्याक्टेरिया पत्ता लगाएको घोषणा गरेका थिए । त्यही दिनको उपलब्धिको सम्झनामा विश्वभर मार्च २४ मा क्षयरोग दिवस मनाइन्छ ।
क्षयरोगका लक्षणहरु
लगातार खोकी लाग्ने तथा खोकीमा रगत देखिने
सरिरको वजन घट्ने
फोक्सोमा पीडा महसुस हुने ज्वरो आउने आदि ।
क्षयारोगबाट बच्न के गर्ने
धुम्रपान मध्यपान नगर्ने
बालबालिकाहरुलाइ उचित समयामा बिसिजि को खोप लगाउने
रोगका लक्षण देखिएमा जचाएर उपचार गर्ने र रोगको संक्रमण अरुमा फैलिन नदिने
हाछ्युँ गर्दा र खोक्दा मुख छोप्ने
उपचार र नियन्त्रण
यो रोग लाग्नै नदिन बिसिजी नामक खोप दिइन्छ
यो रोग लागि सकेपछि भने रोग पत्ता लगाएर विभिन्न औषधिको प्रयोग गरी उपचार गरिन्छ ।
तपाईको प्रतिक्रिया दिनुहोस