पैसा लिएर फार्मेसीको नक्कली प्रमाणपत्र बनाइदिने पुरी पक्राउ
काठमाडौं । पैसा लिएर फार्मेसी कोर्षको नक्कली प्रमाण बनाईदिने उमा पुरी पक्राउ परेकी छिन् ।
५ देखि ७ लाख रुपैयाँ लिएर ‘डिप्लोमा इन फार्मेसी’ उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र दिने गरेको आरोपमा झापा मेचीनगर नगरपालिका ६ की पुरीलाई समातिएको हो । औषधि व्यवस्था विभाग विराटनगर कार्यालयको सक्रियतामा फार्मेसी प्रमाणपत्रको नक्कली धन्दामा संलग्न पुरी पक्राउ परेकी हुन् ।
औषधी व्यवस्था विभाग विराटनगरका कार्यालय प्रमुख संजीव शर्मा कट्टेलका अनुसार रिस्ता मेडिकल हल सञ्चालन गर्दै आएकी पुरीलाई ‘डिप्लोमा इन फार्मेसी’ उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र बेचेको आरोपमा पक्राउ गरिएको हो ।
५ लाख रूपैयाँ दिएपछि उनले डिप्लोमा इन फार्मेसी नक्कली प्रमाणपत्र दिने गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुल्न आएको छ । उनले फार्मेसीको नक्कली प्रमाणपत्र बनाएर बेच्ने धन्दानै चलाएको प्रारम्भिक निष्कर्ष छ ।
क्याटेगोरी : प्रदेश, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस