सशस्त्र प्रहरीको डीआईजीमा डा. रुपक महर्जनसहित ५ जना बढुवा
काठमाडौं । सशस्त्र प्रहरी बलको प्रहरी नायब महानिरीक्षक(डीआईजी)मा डा. रुपक महर्जनसहित ५ जनाको बढुवा भएको छ । नेपाल एपिएफ अस्पतालका प्रमुख रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डा. महर्जलाई अस्पताल हेर्ने गरी स्वास्थ्य तर्फको प्राविधिक डीआईजी पद थपेर पदोन्नती गरिएको हो ।
डीआईजीमा बढुवा भएका पाँचैजनालाई सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान समेत गरिएको छ । गृहमन्त्रिस्तरको चैत्र ६ गतेको निर्णयले प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रूपक महर्जन प्राविधिक समूह स्वास्थ्य तर्फको, ई. संदीप थापा प्राविधिक समूह तथा ईन्जिनियरिङ तर्फको डीआईजीमा बढुवा भएका हुन् ।
त्यस्तै सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु बिदुर खड्का, लक्ष्मण बहादुर सिंह, र प्रदीप कुमार पाल साधारण समुह साधारण उपसमूह तर्फको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा पदोन्नती भएका हुन् ।
यसैगरी गृहसचिवस्तरको फागुन २७ गतेको निर्णयले सशस्त्र प्रहरी उपरीक्षक निरन्कर नाथ शुक्ल अबकास पूर्व सो पदमा बिषेश बढुवा भएका छन् । उक्त समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कँडेल खनाल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल समेत सहभागी थिए । त्यस्तै सशस्त्र प्रहरी परिवार महिला संघको कार्यकारीणी पदाधीकारीहरु लगायत सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।
पदोन्नतीसँगै प्राप्त भएको जिम्मेवारी तथा उत्तरदायित्व पूर्णव्यवसायिक भई आवश्यक योजना बनाई उत्कृष्ट ढगंले मातहतका कर्मचारीहरुलाई उत्प्रेरीत गर्दै सामूहिक भावनाकासाथ कार्यसम्पादनमा जुट्न महानिरीक्षक खनालले त्यसै अवसरमा निर्देशन समेत दिएका छन् । कोभिड–१९ महामारी नियन्त्रण तथा कोभिड डेडिकेटेड एपीएफ अस्पताल मार्फत बिरामीहरुको स्वास्थ्य उपचारमा गरेका कार्यहरुको विभिन्न क्षेत्रबाट प्रशंसा भईरहेको उनले सुनाए ।
शान्ति सुरक्षाको वातावरण निर्माणमा आ–आफ्नो ठाउँबाट ईमान्दारितापूर्वक क्रियासिल रहेर राष्ट्रमा विकासको वातावरण निर्माणमा समेत योगदान पु¥याउदै राष्ट्रको सुरक्षा, जनताको सेवा, आपतविपद्मा परेका नागरिकहरुको उद्वार लगायतका राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा कुशल नेतृत्वकासाथ कार्यसम्पादनमा जुट्न खनालले निर्देशक दिएका हुन् । उनले फौजी अनुशासन र सामूहिक भावनाकासाथ गरिएका कार्यले सांगठानिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने चर्चा गरे ।
आगामी निर्वाचन शान्तिपूर्ण तथा विश्वसनिय तवरले सम्पन्न गराउन अन्य सुरक्षा निकाय तथा सरोकारवाला सबैसँग समन्वय गर्नुपर्ने बताउँदै महानिरीक्षक खनालले हाल रहेका सुरक्षा चुनौती तथा भोलीका दिनमा आउनसक्ने चुनौतीहरुलाई समेत परास्त गर्दै आवश्यक योजनानाकासाथ काम गर्न समेत निर्देशन दिए ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस