नेपाल-कोरिया मैत्री अस्पतालले स्वास्थ्य बीमाको २ करोड १४ लाख पायो

स्वास्थ्यमन्त्री र राज्यमन्त्रीद्वारा अस्पतालको निरीक्षण


काठमाडौं । भक्तपुरको मध्यपुर थिमिस्थित नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालले स्वास्थ्य बीमा बापतको २ करोड १४ लाख रकम पाएको छ ।

मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठका अनुसार अस्पतालले आजै स्वास्थ्य बिमा बोर्डबाट थप २ करोड १४ लाख प्राप्त गरेेको हो । बीमा बोर्डसँग बक्यौता रहेको रकम ९ करोड पूरा निकासा प्राप्त भएको उनको भनाइ छ । बीमा बोर्डको आगामी आइतबार बैठक बस्ने मेयर श्रेष्ठले बताए ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा र राज्यमन्त्री भवानी खापुङले आजै नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालको निरीक्षण समेत गरेका छन् ।

निरीक्षणका क्रममा स्वास्थ्यमन्त्री खतिवडाले स्वास्थ्य बीमाको सफ्टवेयर खोल्न निर्देशन दिएका छन् । सोमबार देखि स्वास्थ्य बिमा सेवा सुरु गर्न सक्ने मेयर श्रेष्ठको अपेक्षा छ ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ