मन्त्रालयको काम छाडेर गाँजामा लागे स्वास्थ्यमन्त्री खतिवडा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा  मन्त्रालयको काम छाडेर गाँजामा लागेका छन् ।

गृह मन्त्रालयले गाँजालई औषधि प्रयोजनका लागि खुलाउन कानुनको मस्यौदामा सैद्धान्तिक सहमतिका लागि मन्त्रिपरिषद्मा पनइसकेको छ । गृहले पठाएको मस्यौदा संसदमा पेश भएपछि त्यसले एउटा निकाश दिने देखिन्छ । तर स्वास्थ्यमन्त्री खतिवडा भने गृहभन्दा दुई कदम अगाडि बढेर मन्त्रालयको कामै छाडेर गाँजामा लागेका छन् ।

गाँजाको औषधीय प्रयोजनका लागि अनुसन्धान गर्न दिने उनले निर्णय नै गराएका हुन् । स्वास्थ्य मन्त्री खतिवडाको निर्देशनमा स्वास्थ्य मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकले राष्ट्रिय विकास समस्या समाधानमा उक्त एजेन्डा अघि बढाउने निर्णय गरेको पाइएको छ । ‘गाँजाको औषधीय गुण तथा विषाक्तताको अनुसन्धान कार्यको लागि नमुना सङ्कलन गर्न कानुनी बाधा परेको औषधीय प्रयोगका लागि अनुसन्धान गर्न कानुनी व्यवस्था तयार गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।’, बैठकबाट पारित निर्णयमा उल्लेख छ ।

गृह मन्त्रालयले लामो कसरतपछि औषधि प्रयोजनका लागि गाँजा खुला गर्ने विषयमा संसद्मा  लान विधेयकको मस्यौदा तयार पारिसकेको छ ।  गृहलाई उछिन्दै मन्त्री खतिवडा सब काम छाडेर गाँजामा केन्द्रित भएको देखिन्छ ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ