स्वायत्त प्रतिष्ठान ऐनको कार्यान्वयन गर्न वीर अस्पतालस्थित कर्मचारी युनियनको माग


काठमाडौं ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको आधिकारिक ट्रेेड युनियन चि.वि.रा.प्र. कर्मचारी युनियनले स्वायत्त प्रतिष्ठान ऐनको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री एवं प्रतिष्ठान का सहकुलपतीका साथै स्वास्थ्य सचिव समक्ष ज्ञापनपत्र पेश गर्दै युनियनले उक्त ध्यानाकर्षण गराएको हो ।

युनियनले प्रधानमन्त्री एवं कुलपती समक्ष माग पत्र पेश गर्नुका साथै माग पत्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री एवं प्रतिष्ठान का सहकुलपतीका साथै स्वास्थ्य सचिव समक्ष ज्ञापन पत्र सहित ४१ बुँदे माग पत्र पेश गरेको छ ।

युनियनका सचिव दिपक मुडभरीका अनुसार माग पत्रमा स्वायत्त प्रतिष्ठान ऐन को कार्यान्वयन,प्रतिष्ठान सभाको माग गरिएको छ ।  दिक्षान्त  समारोह, प्रतिष्ठान सेवा आयोग गठन, प्रतिष्ठान सेवा तर्फको ओएनएम सर्वे गर्नुपर्ने नयाँ सर्जिकल भवनमा कम्तिमा १ वेड आईसीयू पूर्ण रुपमा सञ्चालन गर्नेलगायत माग रहेेको उनको भनाइ छ ।

दुवाकोट परियोजना निर्माण कार्यमा तिव्रता दिँदै ब्रिगिएका उपकरण मर्मत र सञ्चालन ल्याउन समेत ज्ञापन पत्रमा ध्यानाकर्षण गराइएको छ ।

आकस्मिक सेवा विस्तार र गुणस्तरियता ,रेडियोलोजी ,सर्जरी , र आइसियु सेवा छिटो छरिटो, र गुणस्तरिय बनाउन निर्देशन र अनुगमन, शिक्षक तथा कर्मचारी वृत्तिविकास/ स्तर बृद्धि लगायतका कुरा पनि ज्ञापन पत्रमा समेटिएको छ ।

प्रतिष्ठान सेवाको शिक्षक तथा कर्मचारीलाई जिम्मेवारी दिँदा समानताका आधारमा दिनुपर्नेमा जोड गर्दै युनियनले ट्रमा सेन्टर तथा कर्मचारी सम्बन्धमा सर्वोच्च अदालतको आदेश कार्यान्वयन कार्यान्वयन गर्न माग राखेको छ ।

युनियनले सेवा विस्तार भत्ता, उपदान कोष सञ्चालन, ऐनेस्थेसिया तथा प्याथोलोजि भत्तामा समानतालगायत मागहरुका बारेमा प्रतिष्ठान पदाधिकारीलाई आवश्यक निर्देशन दिन समेत ज्ञापन पत्रमार्फत माग गरेको हो  ।

युनियनले लामो समयदेखि प्रतिष्ठान पदाधिकारी समक्ष अस्पताल सुधार र कर्मचारी हकहितको लागि आवज उठाएपनि प्रतिष्ठान पदाधिकारी ले कुनै सुनुवाइ नगरेकाले प्रतिष्ठानको कुलपति एवं प्रधानमन्त्री, सहकुलपती तथा स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिवसमक्ष ज्ञापन पत्र पेश गर्नु परेको युनियनका सचिव मुडभरीले बताए । ज्ञापन पत्र बुझ्दै स्वास्थ्य मन्त्री एवं सहकुलपति विरोध खतिवडाले तत्काल पूरा हुने मागलाई प्रतिष्ठान पदाधिकारीलाई निर्देशन दिने र नीतिगत कुरामा प्रतिष्ठान सभामा लैजाने आश्वासन दिएको मुडभरीले जानकारी दिए ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ