किर्ते प्राध्यापक उपकुलपति बर्खास्त गर्ने वीपीको सिनेट रोक्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सञ्चालक परिषद् ‘सिनेट’ बैठक रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका किर्ते प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहितले हालेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
वीपीका किर्ते प्राध्यापक उपकुलपति गिरीले चैत २० गते प्रधानमन्त्री कार्यालयमा बोलाएर वीपी प्रतिष्ठानको सञ्चालक परिषद् ‘सिनेट’ बैठक रोक्न रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् । शुक्रबार पेशीमा चढेपनि उक्त रिट हेर्न नभ्याइनेमा परेको थियो । आइतबार सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले उक्त रिटमा सुनुवाई गर्दै अल्पकालीन अन्तरिम आदेश, कारण देखाउ आदेश र छलफलका लागि बोलाएको हो ।
चैत २० गते साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको वीपीको सिनेट बैठक रोक्न रिट निवेदन बोकेर किर्ते प्राध्यापक डा. गिरी र अस्पताल निर्देशक डा. गौरीशंकर साह सर्वोच्च अदालत पुगेको थिए । आज उक्त रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चको अन्तरिम आदेशसँँगै वीपीको सिनेट बिथोलिएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस