खराब व्यवस्थापनका कारण वीपी प्रतिष्ठानमा बिरामीको बेहाल
काठमाडौं । अदालतको आडमा किर्ते प्राध्यापक उपकुलपति ज्ञानेन्द्र गिरी र विवादित अस्पताल निर्देशक गौरी शंकर साहले चलाएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बिरामीको बेहाल अवस्था देखिएको छ ।
उपकुलपति गिरीले प्राध्यापकको उपाधि लिए जस्तै खेलाँची तरिकाले वीपी प्रतिष्ठान चलाउन खोज्दा प्रतिष्ठानमा बिरामीहरुको अवस्था बेहाल भएको हो ।
वीपी प्रतिष्ठान बिरामीहरुका लागि उपचार र स्वास्थ्य लाभ पाउनेभन्दा पनि ‘नर्क’बास जस्तो भएको छ । गलत व्यक्तिलाई वीपी प्रतिष्ठानको ताला, चाबी बुझाउँदा आज आएर प्रतिष्ठानको हालत खराब बन्दै गएको छ ।
किर्ते प्राध्यापक विवादित उपकुलपति गिरीलाई हटाएर प्रतिष्ठान सुधार्न खोज्दा अदालत तगारो बन्दै गएको छ । यसले वीपी प्रतिष्ठानको अवस्था हरिविजोग बन्न थालेको हो ।
खराब व्यवस्थापनका कारण वीपी प्रतिष्ठानमा उपचार सेवा लिन आएका बिरामीले कष्ट व्यहोर्नु परेको देखिन्छ ।
क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस