यस्ता रोगीलाई औषधि उपचार खर्च तथा जीविकोपार्जन भत्ता दिने प्रक्रिया सुरु
काठमाडौं । सरकारले क्यान्सार, मिर्गौला, पक्षघात लगायतका रोग लागेका बिरामीलाई औषधि उपचारसहित जीविकोपार्जन भत्ता दिने प्रक्रिया सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई उपचार वापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८ स्वीकृत गर्दै कार्यान्वयनमा पठाएको छ । चैत १३ गते मन्त्रीस्तरीय निर्णयबाट सदर भएको उक्त कार्यविधि ७५३ स्थानीय सरकारलाई कार्यान्वयनमा पठाइएको हो ।
सरकारले त्यस्ता दीर्घरोगीलाई कार्यविधि नै बनाएर जीविकोपार्जन भत्ता समेत उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ । कार्यविधि बनाएर जीविकोपार्जनका लागि मासिक ५ हजार उपलब्ध गराउने प्रक्रिया सरकारले अघि बढाएको हो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस