स्वास्थ्य चौकी भवन अर्कैले उद्‌घाटन गरिदिएपछि मन्त्री झाँकी हेरेको हेरै !


काठमाडौं । धनकुटाको भिरगाउँस्थित स्वास्थ्य चौकी भवन उद्‌घाटन गर्न धनकुटा पुगकी सहरी विकास मन्त्री रामकुमारी झाँक्री उक्त भवन अर्कैले उद्‌घाटन गरिदिएपछि हेरेको हेरै भएकी छिन् ।

धनकुटा नगरपालिका वडा नम्बर  २ स्थित भिरगाउँमा बनेको स्वास्थ्य चौकीको पक्की भवन उद्‌घाटन गर्न धनकुटा पुगेकी मन्त्री झाँक्री उक्त भवन सांसद राजेन्द्रकुमार राईले समुद्‌घाटन गरिदिएपछि हेरेको हेरै भएकी हुन् ।

‘भोलि शनिबार मन्त्री झाँक्रीद्वारा धनकुटाको उक्त स्वास्थ्य चौकी भवन समुद्‌घाटन गर्ने कार्यक्रम राखिएको थियो । त्यसका लागि मन्त्री झाँक्रीको टोली आजै धनकुटा प्रस्थान गरेको हो । तर धनकुटा नपुग्दै उक्त स्वास्थ्य चौकी भवन सांसद राईद्वारा समुद्‌घाटन भइसकेको रहेछ ।’, मन्त्री झाँक्रीको सचिवालयले स्वास्थ्य लाइभसँग भन्यो । झन्डै २ करोडमा सहरी विकास मन्त्रालय अन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेको स्वास्थ्य चौकी भवन समुद्‌घाटन गर्न धनकुटा पुगेकी शहरी विकास मन्त्री सांसद राईका कारण हेरेको हेरै भएकी छिन् ।

भोलि शनिबार स्वास्थ्य चौकी भवन उद्‌घाटन गर्ने कार्यक्रम तय भएपछि आजै मन्त्री झाँक्री धनकुटातर्फ हिँडेकी थिइन् । तर भेरेटार नपुग्दै सांसद राईले उक्त भवन रिवन काटेर उद्‌घाटन गरेको खबर प्राप्त भएपछि उनी निकै तनावमा परेकी छिन् । झाँक्रीका एक सहयोगी अनुसार मन्त्री जुन कार्यक्रमका लागि जाने भनेर हिँडेको हो त्यो कार्यक्रम नै अर्कैले भ्याइदिएपछि उनी निकै निरास देखिएकी छिन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #धनकुटा नगरपालिका भिरगाउँ, #सहरी विकास मन्त्री रामकुमारी झाँक्री, #सांसद राजेन्द्रकुमार राई, #स्वास्थ्य चौकी भवन

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ