बिरामीको मृत्युपछि आफन्तद्वारा अस्पताल तोडफोड


काठमाडौं । कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका छन् ।

मृतक कैलालीको गोदावरी नगरपालिका विनोद बोहराका आफन्तले अस्पतालको संरचनामा क्षती पुर्‍याएका छन् । चिकित्सकको लापरबाहका  कारण बोहराको मृत्यु भएको भन्दै आक्रोशित समूहले अस्पताल तोडफोड गरेको हो ।

मृतकका आफन्तको आक्रमणबाट अस्पतालको झ्याल, ढोका, उपकरण एम्बुलेन्सलगायतमा ठूलो क्षती पुगेको छ । त्यस्तै मृतकका आफन्तले अस्पताल नजिकै रहेको राजमार्गमा टायर बालेर यातायातका साधनहरु चल्न समेत रोक लगाएका छन् ।

पद्मा अस्पतालमामाथि थप क्षती हुन नदिने कैलाली प्रशासनले ठूलो संख्यामा अस्पतालमा प्रहरी परिचालन गरेको छ । पछिल्लो समय बिरामीको मृत्यु भएपछि अस्पताल र चिकित्सकमाथि आक्रमण हुने घटना बढिरहेको छ ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #अस्पताल तोडफोड, #कैलालीको अत्तरियास्थित पद्मा अस्पताल, #प्रहरी प्रशासन, #मृतक

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ