प्रधानमन्त्री भारत भ्रमणको उपलब्धि: १३२ स्वास्थ्य केन्द्रको निर्माणमा प्रगति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा नेपालका १३२ स्वास्थ्य केन्द्रको निर्माणमा प्रगति भएको विषय पनि समेटिएको छ । तीनदिने औपचारिक भ्रमणमा भारत पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटेपछि उक्त कुराले पनि प्राथमिकता पाएको हो ।
भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालीमा ट्वीट लेख्दै १३२ स्वास्थ्य केन्द्रको निर्माणमा प्रगति भएको जनाएका छन् ।
छिमेक नीति : भिन्नतासहितको परराष्ट्र नीति भन्दै नेपाली भाषामा ट्वीट लेखेका भरतीय विदेश मन्त्री जयशंकरले आज जमिनमा यसको प्रभाव भनेर १३२ स्वास्थ्य केन्द्रको निर्माणमा प्रगति भएको उल्लेख गरेका हुन् । १३२ वटा स्वास्थ्य क्षेत्रसम्वद्ध भवनहरुको निर्माणको समेत अवलोकन गरेपछि उनले त्यो कुरा उल्लेख गरेका छन् ।
स्वास्थ्य मन्त्री विरोध खतिवडा, स्वास्थ्य सचिव डा. रोशन पोखरेलसहित ५० जनाभन्दा बढी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गरेका छन् ।
दुईपक्षीय भेटवार्ताका क्रममा नेपाल-भारतबीच विभिन्न सम्झौता भएको छ । त्योमध्ये १३२ स्वास्थ्य केन्द्रको निर्माणको विषय पनि समावेश छ ।
नेपाल-भारतबीच आज भएका सम्झौताहरू
– जयनगर र कुर्था बीच सीमापार रेल सेवा ।
– सोलु करिडोर विद्युत प्रसारण लाइन र सबस्टेशन ।
-१३२ स्वास्थ्य केन्द्र निर्माणमा प्रगति ।
-नेपालमा रुपे कार्डको सुरुवात ।
-अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा नेपालको प्रवेश ।
-रेलवे क्षेत्रमा सहयोग विस्तार ।
– पेट्रोलियम पदार्थको आपूर्ति ।
– प्राविधिक विशेषज्ञताको साझेदारी ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस