डाक्टर बन्न खोजेका नक्कली परीक्षार्थीहरुको सक्कली अनुहार

किष्ट मेडिकल कलेज नक्कली परीक्षार्थी उत्पादन गर्ने थलो !


काठमाडौं । प्रहरीले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी नक्कली परीक्षार्थी सार्वजनिक गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले ‘अपरेश स्को’मा र्फत डाक्टर बन्न खोजेका नक्कली परीक्षार्थीहरुको सक्कली अनुहार सार्वजनिक गरेको हो ।

प्रहरीले अपरेशन स्कोमार्फत पक्राउ परेका नक्कली परीक्षार्थी अमर पण्डित, अनिकेत चौधरी, राम आशिष यादव, सन्नी कुमार साह र ईस्तियाख अहमदलाई आज सार्वजनिक गरेको छ ।

चिकित्सा शिक्षा आयोग, सानोठिमी, भक्तपुरद्वारा सञ्चालित चिकित्सा शिक्षा स्नातक तह एमबीबीएस/बीडीएसको एकिकृत प्रवेश परिक्षामा नक्कली परिक्षार्थी बनेर सहभागी भएका उनीहरूलाई पक्राउ गरेको हो ।

किष्ट मेडिकल कलेज एमबीबीएस प्रथम वर्षमा अध्ययनरत अमर पण्डित वृकेश यादव (रोल नं.११८११)को नाममा सीसीआरसी कलेज कुमारीपाटी, ललितपुरमा परिक्षा दिई रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

किष्ट मेडिकल कलेजकै एमबीबीएस प्रथम वर्षमा अध्ययनरत अनिकेत चौधरी आजिव कुमार यादव (रोल नं.११४०९) को नाममा नक्कली परीक्षार्थीको रुपमा सहभागी भएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

किष्ट मेडिकल कलेज एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत राम आशिष यादव स्मित सिंह (रोल नं.१३७७२) को नाममा ग्रामर स्कुल कोटेश्वरमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन खोज्दा प्रहरीको फन्दामा परेका हुन् ।

भारतीय नागरिक ईस्तियाख अहमद सन्नी कुमार साह (रोल नं.१०६६५)को नाममा एमबीबीएसको नक्कली परीक्षार्थीको रुपमा एम्बिसन कलेज नयाँ बानेश्वरमा परीक्षा दिँदै गर्दा प्रहरीको फन्दामा परेका छन् ।

भारत विहारकै सन्नी कुमार साहलाई पनि ईस्तियाख अहमद आफ्नो नाममा परीक्षा दिन लगाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

नक्कली परीक्षार्थीलाई नक्कली प्रवेश पत्र र नेपाली नागरिकतासहित पक्राउ गरी आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाण्डौ र ललितपुरमा पठाईएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीको निष्कर्ष

#निःशुल्क छात्रवृतिमा एमबीबीएस पढिरहेका तर आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीहरूलाई विभिन्न आर्थिक प्रलोभन दिई नि:शुल्क छात्रवृत्ति, सशुल्क र जस्ट पास गर्ने वर्गिकरणको आधारमा प्रवेश परीक्षामा नाम निकाली दिए वापत रू.२ लाख देखि १८ लाखसम्म रकम दिने प्रलोभन देखाई  ‘कन्भिन्स’ गराएर रू.५० हजार देखि रू.२ लाखसम्म एडभान्स समेत दिई नक्कली प्रशिक्षार्थीको रूपमा प्रयोग गर्ने गरेको ।
•सक्कली परिक्षार्थीको विवरणमा नक्कली परिक्षार्थीहरूको फोटो टाँसी फम भराउने गरेको ।
•परिक्षा प्रयोजनार्थ कतिपय अवस्थामा सक्कली परिक्षार्थीको नागरिकता विवरणमा नक्कली परिक्षार्थीको फोटो टाँसेर प्रथम प्रतिलिपी उल्लेख गरी नक्कली नागरिकता समेत वनाएको पाईएको ।
•सकेसम्म नक्कली प्रशिक्षार्थी चयन गर्दा सकभर मिल्दो-जुल्दो अनुहार भएको व्यक्तिलाई सक्कली प्रशिक्षार्थीको विवरणमा नक्कली परिक्षार्थीको फोटो टाँसी फार्म भर्ने गरेको ।

•भारतियमूलका विद्यार्थीलाई समेत आर्थिक प्रलोभनमा पारी अग्रिम भुक्तानी दिई नक्कली परिक्षार्थीको रूपमा प्रयोग गरेको पाईयो
•चिकित्सा क्षेत्रमा कार्यरत चिकित्सकहरूले समेत एमबीबीएस पढिरहेका तर आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीहरूलाई विभिन्न प्रलोभन देखाई नक्कली प्रशिक्षार्थीको रूपमा प्रयोग गर्ने गरेको ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ