उपचारको बाहनामा ठगि गर्ने व्यक्ति पक्राउ


काठमाडौं । उपचारको बाहनामा ठगि गर्ने नविन भन्ने लोक बहादुर श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको महानगरीय अपराध महाशाखाले रामेछाप साँघुटार श्रेष्ठलाई ४२ लाख ३४ हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंको विशाल नगरबाट पक्राउ गरेको हो । उनले आफू बिरामी परेको भनी कहिले अस्पतालमा उपचार गर्न त कहिले झारफुक गर्नका लागि भन्दै आईएमई तथा सिटिएक्सप्रेस मार्फत पटक-पटक गरी करिब ४२ लाख ३४ हजार ठगी गरेको प्रहरीको जनाएको छ ।

‘ठगी गर्ने योजना बनाई फोन सम्पर्क गरी बिबाह गर्ने प्रलोभन देखाई पीडितलाई बिश्वासमा पारी आफू बिरामी परेको भनी कहिले अस्पतालमा उपचार गर्न त कहिले झारफुक गर्नका लागि भन्दै ४२ लाख ३४ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ठगी गर्ने कार्यमा संलग्न ५२ वर्षीय श्रेष्ठ धापसी बस्दै आएको र रकम पठाउन लगाई ठगी गरेको भन्ने पीडितको सूचनाको आधारमा यस महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले विशाल नगरबाट नियन्त्रणमा लिएको हो ।

ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि श्रेष्ठलाई महानगरीय प्रहरी परिसर, काठमाडौंमा पठाईएको अपराध महाशाखाले जनाएको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ