कुकुरले मुख च्यापेर हिँडेको भाइरल तस्विर अस्पतालमै मृत बच्चाको
काठमाडौं । कर्णाली प्रदेश अस्पताल परिसरमा खैरो रंगको कुकुरले मुखमा च्यापेर हिँडेको मृत बच्चा अस्पतालमै जन्मिएको पृष्टि भएको छ ।
प्रहरीले कुकुरले मुखमा राखेर डुलाएको नवजात शिशुको शवको पहिचान गरेको छ । सामाजिक सञ्जालमा भाइरल उक्त मृत नवजात शिशु दैलेखको आठबिस नगरपालिका–९ का पवित्रा बिकको रहेको खुलेको हो ।
प्रदेश अस्पतालका प्रवक्ता डा. विकास केसीले स्वास्थ्य लाइभसँग कुरा गर्दै अस्पतालमा दैलेखतिरकी महिलाको बच्चा मृत भएको र आफैं दाह संस्कार गर्छु भनेर लगेकाल त्यहिँ बच्चा हुन सक्ने आशंका व्यक्त गरेका थिए ।
‘एकहप्ता अगाडि दैलेखतिरकी एक महिलाले मृतक बच्चा जन्माएको र आफैं शव व्यवस्थापन गर्ने भनेर अस्पतालबाट लगेको सुनाउँदै प्रवक्ता डा. केसीले कतै त्यहिँ बच्चा त होइन भनेर समेत खोजी भइरहेको छ ।’, उनले स्वास्थ्य लाइभसँग भनेका थिए । अस्पतालमा सेवा लिने क्रममा नवजात शिशुको मृत्यु भएका अभिभावकलाई लास बुझाई उहाँहरुले आफ्नो संस्कार अनुसार सतगत गरेको समेत विज्ञप्तिमार्फत जनाएको थियो । नभन्दै ती महिलाकै मृत बच्चाको शव रहेको पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनकबहादुर शाहीले दिएको जानकारी अनुसार यही चैत १४ गते प्रदेश अस्पतालमा पवित्राबाट मृत बच्चा जन्मिएको र त्यही बच्चा कुकुरले घुमाएको हो । प्रहरीले उक्त शव पवित्राकै जिम्मामा छाडेको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस