गृहमन्त्री खाँणले मेडिसिटी पुगेर अस्वस्थ ठाकुरलाई भेटे


काठमाडौं ।  गृहमन्त्री बालकृष्ण खाँणले नेपाल मेडिसिटी अस्पताल पुगेर लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेका छन् ।

स्वास्थ्यमा समस्या भएपछि हिजो अस्पताल भर्ना भएका ठाकुरलाई भेट्न गृहमन्त्री खाँण एका बिहानै मेडिसिटी अस्पताल पुगेका हुन् । अस्पतालले ठाकुरको स्वास्थ्यमा सुधार भइरहेको खाँणलाई जानकारी गराएको छ ।

मेडिसिटी पुगेका गृहमन्त्री खाँणले ठाकुरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । छाती दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासलगायत समस्याबाट पीडित ठाकुरलाई बुधबार भैरहवाबाट हेलिकप्टरमा मेडिसिटी ल्याइएको थियो। उपचारका लागि सरकारले सक्दो सहयोग गर्ने गृहमन्त्री खाँणले ठाकुरलाई आश्वासन दिएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ