अलग्गै जेष्ठ नागरिक अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं । सरकारले अलग्गै जेष्ठ नागरिक अस्पताल बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेष्ठ नागरिक अस्पताल बनाउन सैद्धान्तिक सहमति दिएको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा जेष्ठ नागरिक अस्पताल बनाउने मन्त्रिपरिषद्को बैठकले सैद्धान्तिक सहमति दिएको मन्त्री कार्कीको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. राधिका थपलियाको संयोजकत्वमा पायक पर्ने स्थानमा अलग्गै विशिष्टकृत जेष्ठ नागरिक अस्पताल सञ्चालन गर्ने सम्बन्धनमा अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको हो । उक्त कार्यदलको सिफारिस अनुसार छुट्टै जेष्ठ नागरिक अस्पताल बन्ने भएको हो ।

मन्त्रालयले उक्त कार्यदलमा संयोजक डा. थपलियासहित सदस्यमा डा. पोमावती थापा र सदस्य सचिवमा मन्त्रालयका उपसचिव सानुबाबु अधिकारीलाई तोकेको थियो ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ