प्रकाशमानको हातबाट भोजपुर स्वास्थ्य शिविरमा सहभागी चिकित्सकहरु सम्मानित


काठमाडौं । पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहको हातबाट भोजपुर स्वास्थ्य शिविरमा सहभागी वरिष्ठ चिकित्सकहरु सम्मानित भएका छन् । गत फागुन २७ र २८ गते भोजपुरमा सम्पन्न वृहत्त निःशुल्क स्वास्थ्य शिविरमा सहभागी चिकित्सकहरुलाई आज काठमाडौंमा सम्मान गरिएको हो ।

दावाँली मिलन क्लबको वार्षिक उत्सवको अवसरमा आज आयोजित कार्यक्रमका पूर्व उपप्रधानमन्त्री सिंह र पूर्व अर्थमन्त्री शंकर कोइरालाको हातबाट नेपाल चिकित्स संघका अध्यक्ष डा. लोचन कार्कीसहितका वरिष्ठ चिकित्सकहरु सम्मानित भएका छन् ।

दावाँली मिलन क्लबको १६ औं वार्षिक साधारण सभाको अवसरमा भोजपुर स्वास्थ्य शिविरमा सहभागी चिकित्सकहरूलाई प्रशंसा-पत्रसहित सम्मान गरिएको क्लबका अध्यक्ष रोशन श्रेष्ठले बताए । नेपाल चिकित्सक संघकाे कार्यसमितिमा रहेका अधिकांश चिकित्सकसहितलाई उक्त कार्यक्रममा प्रशंसा-पत्रसहित सम्मान गरिएको हो ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ