उपभोक्ता समितिद्वारा बन्दै गरेको उत्कृष्ट स्वस्थ ईको टुरिजम पार्क


काठमाडौं । धुवाँ, धुलो र प्रदूषणबाट आक्रान्त बनेको कठमाडौं उपत्यकाका नागरिकलाई स्वस्थ र सफा हावा बाहिर निस्कनु पर्ने अवस्था आएको छ ।

काठमाडौं विश्वकै प्रदूषित शहरमा गनिन थालेकाले स्वास्थ्यका लागि पनि यो ठाउँमा नागरिकहरू नजिकै घुम्ने ठाउँको खोजीमा छन् । त्यसलाई मध्यनजर गर्दै बागमती प्रदेश सरकारले ईको टुरिजम पार्क बनाउँदै छ ।

मेडिकल टुरिजमको राजधानी भनेर चिनिने चितवनको राप्ती-४ मा बागमती सरकारले उत्कृष्ट शिखर हरियाली ईको टुरिजम पार्क बनाउँदै छ । स्वस्थ हावा र फोक्सोलाई तन्दुरूस्त बनाउन उक्त ईको टुरिजम पार्क घुम्न जानै पर्ने खालको छ । बागमती प्रदेशमा संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले मेडिकल टुरिजमसँगै जोडेर चितवन लगायतका ठाउँमा ईको टुरिजम पार्कको विशेष सम्भावना रहेको बताउँछन् । उनले ईको टुरिजम पार्कलगायत बन्दै गरेका पर्यटन पूर्वाधारका कामहरू समयमै सम्पन्न गर्न लगातार लागिपरेका छन् ।

पछिल्लो समय उपभोक्ता समितिमार्फत गरिएका पूर्वाधारका कार्यक्रमहरु समयमै सम्पन्न नहुने र विवादमा पर्ने देखिँदै आएका छन् । बागमती प्रदेश सरकारले उपभोक्ता समितिमार्फत बनाएको चितवनस्थित उक्त ईको टुरिजम पार्कको काम भने सन्तोषजनक नै देखिएको बागमती प्रदेशको संस्कृति तथा पर्यटन सचिव मदन कोइरालाले जानकारी दिए ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गतका चितवनको शिखर हरियाली ईको टुरिजम पार्क, मकवानपुर हेटौंडाको कुश्माण्ड सरोवर त्रिवेणीधाम उपभोक्ता समिति मार्फत बनेका उत्कृष्ट प्रोजेक्ट भएको पर्यटन सचिव कोइरालाको भनाइ छ ।

रामेछाप मन्थलीको गाइखुरा भीमसेनस्थान पदमार्ग निर्माणको कार्य पनि उपभोक्ता समिति मार्फत निर्माण गरिएको उत्कृष्ट काम भएको सचिव कोइराला सुनाउँछन् । चितवनको राप्तीमा निर्माण सम्पन्न हुने चरणमा पुगेको ऋषेश्वर महदेव मन्दिरको सभाहल पनि प्रदेश सरकारको बजेटमा उपभोक्ता समितिमार्फत नै निर्माण भइरहेको छ ।

पर्यटन सचिव कोइराला  उक्त सभाहल उपभोक्ता समिति मार्फत निर्माण भएको आयोजना भनेर उदाहरण प्रस्तुत गर्न सक्ने खालको काम उपभोक्ता समितिले गरेको दाबी गर्छन् ।

यी हुन् उपभोक्ता समितिमार्फत भएका उत्कृष्ट काम

 

 

 

 

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #इको टुरिजम पार्क, #उपभोक्ता समिति, #बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय, #मन्त्री दिपेन्द्र श्रेष्ठ, #सचिव मदन कोइराला

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ