भारतमा कोरोनाको नयाँ भेरिएन्ट भेटिएसँगै नेपाल उच्च जोखिममा
काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोनाको नयाँ भेरिएन्ट भेटिएसँगै नेपाल उच्च जोखिममा परेको छ ।
कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोन ‘एक्सई’ भारतमा विभिन्न प्रदेशमा फैलिन थालेको हो । ओमिक्रोनको अघिल्लो भेरिएन्टभन्दा निकै संक्रामक मानिएको उक्त नयाँ भेरिएन्टले भारतमा निकै सताउन थालेको छ ।
सामान्यतयाः भारतमा कोभिडको संक्रमण फैलिएको दुईहप्तापछि नेपालमा पनि फैलिने ट्रेण्ड रहेकाले उक्त नयाँ भेरिएन्टको उच्च जोखिममा नेपाल रहेको देखिन्छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारत र युरोपमा फैलिएको नयाँ भेरिएन्टलाई ‘भेरिएन्ट अफ कन्सर्न’ मा राखेकाले यसले पुनः विश्व्यापी महामारी रुप लिने सम्भावना पनि उत्तिकै छ । यो भेरिएन्ट रोकथाम तथा नियन्त्रणका लागि नेपालले तयारी थाल्न आवश्यक रहेको जन स्वास्थ्य विज्ञहरू बताउँछन् ।
नयाँ भेरिएन्ट देखा पर्न थालेसँगै भारतमा सतर्कता अपनाउन थालिएकाले नेपालले पनि यसकाे रोकथाम तथा नियन्त्रणका लागि तयारी थाल्न जरुरी छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस