मार्खुलाई स्वास्थ्य र पर्यटनको हव बनाउने उद्घोष, पाराग्लाइडिङ सुरू
काठमाडौं । बागमती प्रदेशका कांग्रेस सभापति इन्द्रबहादुर बानियाँ र संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले इन्द्रसरोवर गाउँपालिकाको मार्खुलाई स्वास्थ्य र पर्यटनको हव बनाउने उद्घोष गरेका छन् ।
मकवानपुर जिल्लाको इन्द्रसरोवार वडा नम्बर १ स्थित मार्खु पुगेका बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता समेत रहेका बानियाँ र पर्यटनमन्त्री श्रेष्ठले उक्त क्षेत्रलाई स्वास्थ्य, शिक्षा र पर्यटको हव बनाउने उद्घोष गरेका हुन् ।
मार्फु स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण र पाराग्लाइडिङको उद्घाटनमा पुगेका उनीहरूले मार्खुलाई पर्यटकीय हवको रुपमा विकास र विस्तार गर्ने बताए ।
बागमती कांग्रेसका सभापति बानियाँले माार्खु र इन्द्रसरावरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास र विस्तार गर्न प्रदेश सरकारबाट आवश्यक बजेट विनियोजन गर्न लगाउने सुनाए । पर्यटकीय सम्भावना बोकेको इन्द्रसरोवरको क्षेत्रमा एक/डेढ अर्ब बजेट लाग्न सक्ने अनुमान गर्दै उनले त्यो बजेट विनियोजन गर्न आफूले सक्रिय भूमिका खेल्ने बताए ।
बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री श्रेष्ठले मार्खु र इन्द्रसरोवर आसपासको क्षेत्रलाई मिनी पोखराको रुममा पर्यटकीय हवको रुपमा विकास र विस्तार गर्न सकिने सम्भावना औँल्याए । नेपालकै चर्चित मानव निर्मित ताल इन्द्रसरोवर( कुलेखानी) रहेको मार्खु र आसपासका क्षेत्रमा पर्यटन पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले उच्च प्राथमिकता साथ कार्यक्रम प्रस्तुत गर्ने उनको भनाइ छ ।
मार्खु र इन्द्रसरोवर क्षेत्रलाई पर्यटकीय हव बनाउन प्रदेश सरकारमार्फत विशेष गुरूयोजना ल्याउन आफूले भूमिका खेल्ने मन्त्री श्रेष्ठले विश्वास दिलाए ।
इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले अघिल्लो डोरमणि पौडेलको सरकारले मार्खु र इन्द्रसरोवर क्षेत्रको विकास र विस्तारमा अवरोध खडा गरेको आरोप लगाए । उनले पर्यटनमन्त्री श्रेष्ठमार्फत सरकारलाई इन्द्रसरोवरको चक्रपथ निर्माण र पर्यटन पूर्वाधार विकासमा विशेष सहयोग गर्नु अनुरोध गरेका छन् ।
मार्खुको फोटोफिचर
क्याटेगोरी : प्रदेश, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस