वीर अस्पतालले सुरु गर्याेे दुवाकाेटमा ल्याब र एक्सरे सेवा, अब चाडै युएसजी र विशेषज्ञ चिकित्सा सेवा


काठमाडौ । विस्तारित वीर अस्पताल दुवाकाेटमा एक्सरे र ल्याब सेवा सुरु भएकाे छ । वीर अस्पतालका कार्यकारी अधिकारी प्राध्यापक डाक्टर भुपेन्द्र कुमार बस्नेतले बैशाख १ गतेबाट सेवा सुरु गर्ने वचन दिएअनुरुप आजबाट ल्याब र एक्सरे सेवा सुरु भएकाे हाे ।
दुवाकाेटमा विस्तारित अस्पताल बन्न समय लाग्ने देखिएपछि जनताकाे माग अनुसार ल्याव र एक्सरे सेवा  सुरु गरिएकाे हाे । हरेक वर्ष ३० देखि ५० कराेड रुपैया खर्च नभएर फिर्ता भइरहेको बेला वीर अस्पतालले जसरीपनि सेवा दिनुपर्छ भनेर पहिलाे चरणमा ल्याब र एक्सरे सेवा सुरु गरेकाे हाे ।

उक्त सेवाकाे उद्घाटन स्वास्थ्य मन्त्रालयका सचिव डा राेशन पाेखरेल र चागुनारायण नगरपालिकाका मेयर साेम मिश्रले संयुक्तरूपमा गरे । मेयर मिश्रले चागुनारायण, कागेश्वरी मनाेहरा र ठिमी नगरपालिका बासिकाे लामाे सपनाकाे केही भाग पूरा भएकाे बताए । “हामिले भवन नबन्दासम्म जस्ताेछ त्यस्तैबाट सेवा सुरु हाेस् भन्ने चाहेका थियाैं मेयर मिश्रले भने,” “स्वास्थ्य सचिव र कार्यकारी अधिकारीले जनताकाे चाहना अनुसार सेवा सुरु गर्नुभएकाे छ, उहाँहरु धन्यवादकाे पात्र हुनुहुन्छ ।”

मेयर मिश्रले विगतमा कुरा बढि भएकाे तर, अहिले व्यवहारमा देखिएकाले यसलाइ अब गुणस्तरीय सेवामा बढाउदै लैजानु पर्ने बताए । उनले फार्मेसीकाे समेत उचित व्यवस्थापन गर्न वीर अस्पताल समक्ष माग गरेका छन् । विस्तारित वीर अस्पतालका लागि ७ जना जनशक्ति राखिएकाे छ  । स्वास्थ्य सचिव डा राेशन पाेखरेलले जनताकाे अगाडि गरेकाे बाचा आज पूरा भएकाे बताए । उनले दुवाकाेटमा एक महिना भित्र युएसजी मेसिन जडान गर्न पनि वचन दिएका छन् । साथै सचिव पाेखरेलले विशेषज्ञ सेवा दिन पनि वीर नेतृत्वलाई अनुराेध गरेका छन् । यसका लागि त्तकाल दिनहु सम्भावना नरहेकाले हप्तामा ३ पटक विशेषज्ञ चिकित्सक पठाउने व्यवस्था गर्न वीर अस्पताललाई सचिव पाेखरेलले अनुराेध गरे ।

यता अस्पतालका कार्यकारी अधिकारी प्राध्यापक डाक्टर भुपेन्द्र बस्नेतले सेवालाइ बिस्तारै बढाउदै लैजाने बताए । “बिचमा काम देखिएन अब यसलाइ गति दिन्छौं कार्यकारी अधिकारी बस्नेतले भने, “अब केही समय पछि अल्ट्रासाउन्ड सेवा पनि सुरु गर्ने छाैं ।”  साथै दुवाकाेटमा आफ्नै फार्मेसी आर्थिक वर्षबाट सुरु गर्ने छाैं उनले थपे । बस्नेतले विशेषज्ञ चिकित्सक सहितकाे सेवा चाडै सुरु गर्ने र दुवाकाेटबाट रिफर भएका बिरामीलाई वीर अस्पतालमा सहज सेवाकाे व्यवस्था मिलाउने बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ