चीन र भारतमा कोरोना बढेसँगै उच्च खतरामा नेपाल


काठमाडौं । नेपालमा चुनावी माहोल बढिरहेका बेला छिमेकी मित्र राष्ट्र चीन र भारत दुवै देशमा कोरोना ह्वात्तै बढेको छ ।

भारतमा दैनिक ९० प्रतिशतका दरले कोरोना संक्रमित थपिन थालेका छन् । एक सातामै डेढ सय प्रतिशतले कोरोना संक्रमित वृद्धि हुन थालेपछि भारतमा उच्च सतर्कता अपनाउन थालिएको छ । स्कुल पढ्ने बालबालिकामा पनि कोरोना संक्रमण उच्च दरमा देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

छिमेकी राष्ट्र चीनमा पनि कोरोना संक्रमितको संख्या ३ हजार नाघिसकेको छ । कोरोना महामारीको बेला उक्त भाइरस नियन्त्रणमा लिन सफल चीन सरकारलाई पनि अहिले धौधौं परेको छ ।

यता भारतमा दैनिक ३ हजार कोभिड-१९ संक्रमित थपिन थालेका छन् । भारतमा संक्रमण बढेेको केही हप्तामै नेपालमा त्यसको प्रभाव पर्ने गरेको विगतको ‘ट्रेन्ड’ले देखाउँछ । त्यसैले नेपाल पनि कोरोना संक्रमणको उच्च खतरामा परेको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #कोरोना, #भारत चिन नेपाल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ