नेपाल फर्मा एक्स्पो-२०२२ राष्ट्रपति भण्डारीद्वारा उद्घाटन हुने
काठमाडौं । बैशाख ९ गतेदेखि सुरु हुने आठौं नेपाल फर्मा एक्स्पो-२०२२ राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन हुने भएको छ ।
नेपाल औषधि उत्पादक संघले आयोजना गरेको नेपाल फर्मा एक्स्पो-२०२२ यहीं बैशाख ९ गते अपरान्ह १ बजे राष्ट्रपति भण्डारीद्वारा समुद्घाटन हुने कार्यक्रम तय भएको संघका अध्यक्ष प्रज्वल जंग पाण्डेले जानकारी दिए । चितवन एक्स्पो सेन्टरमा उक्त कार्यक्रम राखिएको उनको भनाइ छ ।
‘नेपाललाई औषधीको उत्पादनमा आत्मनिर्भर बनाउने उद्धेश्यका साथ विसं २०४६ (१९९०) मा स्थापना गरिएको नेपाल औषधि उत्पादक संघ, ( एप्पोन) स्वदेशी औषधी उद्योगहरुको छाता संगठनको रुपमा कार्यरत छ । लक्ष्य प्राप्तिको दिशामा अगाडि बढिरहेको यस संघलाई सञ्चार क्षेत्रबाट प्राप्त सहयोग र सदासयताका लागि आभार प्रकट गर्न चाहन्छौं ।’, संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आफूलरूले उत्पादन गर्दै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधी, ल्याव, मेसिनहरु, कच्चापदार्थ, प्याकेजिङ मेटेरियल लगायतहरुमा भएका बिकास र उपलब्धिहरुको प्रदर्शनी प्रत्येक दुई बर्षमा नेपाल फर्मा एक्स्पोमार्फत गर्दै आएको व्यहोराको समेत संघल अवगत गराएको छ । संघले यहीं मिति २०७९ बैशाख ९, १० र ११ गते चितवन एक्स्पो सेन्टर, भरतपुर, चितवनमा नेपाल फर्मा एक्स्पो-२०२२ को आठौं संस्करण आयोजना गरेको छ । उक्त एक्स्पो राष्ट्रपति भण्डारीद्वारा समुद्घाटन हुने भएको हो ।
एक्स्पोमा नेपालमा हुने औषधी उत्पादन प्रक्रिया, औषधी उत्पादनमा प्रयोग हुने अन्तर्राष्ट्रियस्तरकोे ल्याब ,प्रविधिहरुको अवलोकन गरिदिन पनि संघले सञ्चार माध्यम र सञ्चारकर्मीलाई आग्रह गरेको छ ।
क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस