कोभिडमा सक्रिय सिर्जना सिंहलाई काठमाडौं महानगरको मेयरमा उठाइँदै


काठमाडौं । कोभिडमा सक्रिय सिर्जना सिंहलाई काठमाडौं महानगरपालिकाको मेयरमा प्रस्ताव गरिएको छ । गठबन्धनको बैठकमा साझा उम्मेदवारको रुपमा सिंहको नाम प्रस्ताव गरिएको एक नेताले जानकारी दिए ।

कोभिड-१९ संक्रमणको बेला काठमाडौंको रत्नराज्य स्कुलमा खोलिएको आइसोलेसन सेन्टरमा स्वास्थ्य सामग्री उपलब्ध गराउने सिंहलाई काठमाडौं महानगरपालिकाको मेयरमा उठाउँन खोजिएको हो ।

गठबन्धनको भागबण्डामा काठमाडौं महानगरपालिकाको मेयर कांग्रेस र उपमेयर समाजवादीले पाउने सहमति भएको छ । उक्त सहमतिसँगै सिंहलाई कांग्रेसका तर्फबाट मेयरको उम्मेदवार उठाउँने बैठकमै प्रस्ताव भएको हो । नेपाल विद्यार्थी संघ र महिला संघले समेत उनलाई काठमाडौंको मेयरमा उठाउँन पार्टी नेतृत्वलाई दबाव दिएको थियो । सिंह शंकरदेव क्याम्पसमा हालकी ऊर्जामन्त्री पम्पा भुषाललाई हराएर स्ववियु कोषाध्यक्षमा निर्वाचित महिला नेतृ हुन् । उनी नेपाल महिला संघको सल्लहाकारसहित समाजसेवामा सक्रिय छिन् ।

नेपाली कांग्रेसको उपत्यका प्रभावशाली नेता प्रकाशमान सिंहकी धर्मपत्नी समेत रहेकी सिर्जना काठमाडौंमा हरेक समस्यामा उपस्थित हुँदै आएकी छिन् ।

 

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #मेयर गठबन्धनको साझा उम्मेदवार, #सिर्जना सिंह

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ