डब्ल्यूएचओ डिजी गेब्रेयसस नेपाल आउनु आफैंमा ठूलो उपलब्धि होः परराष्ट्र प्रवक्ता (के के छन् कार्यतालिका)


काठमाडौं । डब्ल्यूएचओका डिजी टेड्रोस एड्हानोम गेब्रेयससको नेपाल भ्रमण हुनु ठूलो उपलब्धि भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् । प्रवक्ता लम्साल भन्छिन्, ‘डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस नेपाल आउँनु आफैमा ठुलो उपलब्धि हो । त्यस्तै उहाँको नेपालमा भ्रमण गराउँन सक्नु पनि आफैंमा ठूलो सफलता हो ।’,

विश्व स्वास्थ्य संगठनले नेपालमा वर्षौंदेखि धेरै ठूलो लगानी गर्दै आएको छ । नेपालमा सर्ने रोगदेखि नसर्ने रोगसम्म डब्ल्यूएचओको सहयोग रहेको उनको भनाइ छ । तीनदिने भ्रमणका लागि नेपाल आउने गेब्रेयससले स्वास्थ्यमन्त्री विरोध खतिवडा, पराराष्ट्र मन्त्री नारयण खड्का, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारीसँग सद्भाव भेट गर्ने पराराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताईन् ।

यो भेटसँगै नेपाल स्थित विश्व स्वास्थ्य संगठनले केही विद्यालय र हेल्थ पोष्टमा जाने कार्यक्रम तय गरेको उनले बताइन् । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससको नेपाल भ्रमण मल्टिल्याटरल हो । यो भ्रमण भनेको बाइल्याटरल जस्तो जहाँ जे चित्त बुझ्यो त्यस्तै भन्छु र जान्छु भन्ने अधिकार हुँदैन ।

परराष्ट्र मन्त्रालयले स्वास्थ्य लाइभलाई उपलब्ध गराएको कार्यतालिका अनुसार  गेब्रेयसस बिहिवार १२ बजेर २५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छन् । उनलाई विमानस्थलमा स्वागत गर्न परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्साल, स्वास्थ्य मन्त्रालय स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा। संगीता कौशल मिश्रा र नेपालका लागि डब्ल्यूएचओका प्रतिनिधि डा. राजेश पाण्डव जाने भएका छन् ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोसले ३ बजे स्वास्थ्यमन्त्री विरोध खतिवडालाई भेट्नेछन् । ४ बजे परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट्नेछन् । ५ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई भेट्नेछन । बत्तिसपुतलीस्थित द्वारिका होटलमा स्वास्थ्यमन्त्री खतिवडाले भात खाने कार्यक्रमको आयोजना गरेका छन् । उनी भातखान द्वारिका होटल ७ बजे पुग्ने छन् ।

तीनदिने नेपाल भ्रमणमा आएका उनले शुक्रबार बिहान ९ः१५ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने छन् । उनको भेटघाट १५ मिनेट हुने छ । प्रधानमन्त्री देउवालाई भेटेपछि महानिर्देशक टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नेछन् । राष्ट्रपति भण्डारी र महानिर्देशक टेड्रोसबीचको भेटघाट शुक्रबार १० बजेका लागि तय गरिएको छ ।

राष्ट्रपति भण्डारीलाई भेटेपछि उनी पाटनमा टाइफाईड भ्याक्सिनको उद्घाटन समारोहमा पुग्ने छन् । शुक्रबार २ बजे टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुगेर ३ बजे पाटन दरवार स्क्वायर घुम्न जाने कार्यक्रम तय भएको छ ।
शनिबार बिहानै ब्रेक फास्ट गरेर उनी ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा पुग्ने कार्यक्रम रहेको छ । ९ः३० बजे विमानमार्फत महानिर्देशक टेड्रोस जेनेभा प्रस्थान गर्नेछन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ