डब्ल्यूएचओका महानिर्देशक टेड्रोस काठमाडौंमा , खानापछि भेटघाट तीव्र


काठमाडौं । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस काठमाडौंमा आइपुगेका छन् ।

तीनदिने भ्रमणका लागि नेपाल आएका महानिर्देशक टेड्रोस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएर होटल होटल म्यारियट तर्फ प्रस्तान गरेका छन् ।

उनलाई स्वागत गर्न स्वास्थ्य सचिव डा. रोशन पोखरेल, परराष्ट्र मन्त्रालयकी प्रवक्ता सहसचिव सेवा लम्साल, स्वास्थ्य मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख डा. संगीता कौशल मिश्रा, एसएसपी भीमप्रसाद ढकाल, नेपालका लागि डब्ल्यूएचओका प्रतिनिधि डा. राजेश पाण्डवलगायत विमानस्थल पुगेका थियो । खाना खाएपछि दिउँसो ३ बजे स्वास्थ्यमन्त्री विरोध खतिवडालाई भेट्ने कार्यक्रम रहेको छ । उनीसँगै विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा. पुनम खेत्रपाल सिंह पनि नेपाल आएकी छिन् ।

 

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस  आजै  ४ बजे परराष्ट्र पुगेर महानिर्देशक टेड्रोसले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट्ने कार्यक्रम छ । त्यस्तै ५ बजे सिंहदरबारस्थित कार्यालयमा पुगेर राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई भेट्ने छन् । महानिर्देशक टेड्रोस स्वास्थ्यमन्त्री खतिवडाले आयोजना गरेको रात्रिभोजमा सहभागी हुन बत्तिसपुतलीस्थित द्वारिका होटलमा ७ बजे पुग्ने कार्यक्रम तय भएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस भोलि बिहान ब्रेक फास्ट गरेर प्रधानमन्त्री निवास बालुवाटारमा ९:१५ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जाने कार्यक्रम तय भएको छ । भेटघाट कार्यक्रम भने ९:३० मा राखिएको छ ।

प्रधानमन्त्री देउवालाई भेटेपछि महानिर्देशक टेड्रोस राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति निवास शितल निवास पुग्नेछन् । राष्ट्रपति भण्डारी र महानिर्देशक टेड्रोसबीचको भेटघाट कार्यक्रम भने पर्सी साढे १० बजेका लागि तय गरिएको छ ।

राष्ट्रपति भण्डारीलाई भेटेपछि उनी स्कुलमा राखिएको टाइफाईड भ्याक्सिनको उद्‌घाटन समारोहमा पुग्ने छन् । शुक्रबार २ बजे टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुगेर ३ बजे पाटन दरवार स्क्वायर घुम्न जाने कार्यक्रम तय भएको छ । महानिर्देशक टेड्रोस त्यसपछि स्वास्थ्य मन्त्रालयले म्यारियट होटलमा राखेर अनौपचारिक रात्रिभोजमा सहभागी भएर आराम गर्नेछन् ।

शनिबार बिहानै ब्रेक फास्ट गरेर उनी ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा पुग्ने कार्यक्रम रहेको छ । ९:३० बजे विमानमार्फत महानिर्देशक टेड्रोस जेनेभा प्रस्थान गर्ने छन् । उनलाई विदाइ गर्न परराष्ट्र मन्त्रालयकी प्रवक्ता सहसचिव सेवा लम्साल, स्वास्थ्य मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख डा. संगीता कौशल मिश्रा र नेपालका लागि डब्ल्यूएचओका प्रतिनिधि डा. राजिव पाण्डव जानेछन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ