नेपाल फर्मा एक्स्पो आजबाट चितवनमा सुरु, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने
चितवन । नेपाल फर्मा एक्स्पो आजबाट सुरु भएकाे छ । एक्स्पाेकाे दिउसाे राष्ट्रपति विद्या देवी भण्डारीले उद्घाटन गर्नेछिन् । उद्घाटन हुनु भन्दा केही घण्टा अगाडि नेपाल औषधि उत्पादक संघले चितवनको सडकमा प्रभातफेरी आयोजना गरेकाे छ ।
संघका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालका अनुसार आठौं संस्करणको एक्स्पोमा १६० स्टल रहने छन् । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका विभिन्न १२३ बहुराष्ट्रिय कम्पनी र ३७ स्वदेशी औषधि उद्योगहरुका स्टल एक्स्पोमा रहने छन् ।
पछिल्ला केही वर्ष यता नेपाली उद्योगले स्वदेशी औषधिमा आसा जगाउँदै लगेका छन् । काेभिडले थला परेका उद्योगी पुन बामे सर्ने तयारी गरिरहेका छन् । काेभिड लगत्तै राखिएको एक्स्पाेलाइ औषधिका जानकारहरुले निकै महत्त्वका साथ हेरेका छन् ।
एक्स्पोमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल, नेपाल औषधि व्यवसायी संघ, नेपाल औषधि थोक व्यवसायी संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल फर्मास्युटिकल एसोसियसन र नेपाल फार्मेसी संघको आवद्धता रहेको छ । एक्स्पोका ३० हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजक रहेको छ ।
संघका महासचिव विप्लव अधिकारीले यस पटकको एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अंगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस