राष्ट्रपतिद्वारा नेपाल फर्मा एक्स्पोको उद्घाटन, स्वदेशी उद्योग प्रवर्द्धनमा जोड
काठमाडौं । औषधि तथा औषधिजन्य सामग्रीहरुको वृहत्त प्रदर्शनी नेपाल फर्मा एक्स्पो शुक्रबारदेखी सुरु भएको छ। औषधि उत्पादक संघ (एपोन)को आयोजनामा चितवनमा उक्त एक्स्पो सुरु भएको हो । एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन् ।
प्रदर्शनीको उद्घाटन क्रममा राष्ट्रपति भण्डारीले औषधि उत्पादनमा नेपालले ठूलो फड्को मारेको बताइन् । धेरै किसिमका औषधि नेपालमै उत्पादन गर्न सक्नुपर्ने उनको भनाइ छ। औषधि उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्ने बताउँदै स्वदेशी उद्योग प्रवर्द्धनमा जोड दिइन् ।
पछिल्लो समय बढ्दो प्रदुषणले स्वास्थ्यमा समस्या ल्याएको छ। अर्थतन्त्रसँग औषधि उत्पादन क्षेत्र जोडिएको भन्दै राष्ट्रिय अर्थतन्त्रमै ठूलो सहयोग पुर्याउने राष्ट्रपति भण्डारीको धारणा छ । उनले औषधि उद्योग क्षेत्रमा विकास गरेर रोजगारीको समेत सिर्जना गर्नुपर्ने बताइन् । राष्ट्रपति भण्डारीले औषधिको आयातलाई रोकी अब निर्यात समेत हुनुपर्नेमा नेपाली औषधि उत्पादनहरुको ध्यानाकर्षण गराइन् ।
नेपाल औषधि उत्पादन संघका अध्यक्ष प्रज्वल जङ्ग पाण्डेले नेपालमा पनि औषधि उत्पादन हुन्छ र भन्ने अवस्थाबाट अहिले एक सयभन्दा बढी औषधि उद्योगहरू संचालित रहेकाे जनाए । उनले नेपाली औसधि उधोगलाइ प्रवर्द्धन गर्नका लागि सरकारको सहयोग आवश्यक पर्ने बताए । कुल क्षमतामा ५० प्रतिशत मात्रै औषधि उत्पादन भएको पाण्डेको भनाइ छ ।एपोनका पूूर्व अध्यक्ष दिपकप्रसाद दाहालले औषधिमा आत्मनिर्भर हुन चाहेको बतााए ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले गुणस्तरीय औषधि उत्पादनमा जोड दिए । कार्कीले औषधि व्यवस्था विभागले औषधिका क्षेत्रमा सहजताका लागि काम गर्नुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसायका क्षेत्रमा ठूलो घाटा व्यहोरेको बताए । औषधि उद्योगमा पनि प्रगति हुँदै गएको भन्दै उनले कोरोनाले उत्पादनमा बढाउनुपर्छ भन्ने कुरा सिकाएको धारणा राखे।
एपोनका निवर्तमान अध्यक्ष जिनारायण छेत्रीले नेपालमा पनि औषधि क्षेत्रमा आत्मनिर्भर हुनुपर्ने बताए । उनले औषधिमा आत्मनिर्भर हुका लागि धेरै लबिङ गरेको भएपनि सफल हुन नसकेको सुनाए । कोरोनाकालमा भारतले औषधि निर्यातमा निषेध गरेको भन्दै त्योबेला पनि नेपालमा औषधि अभाव नभएको बताए । नेपाली औषधिमा पनि अन्तर्राष्ट्रियस्तरको रहेको बताए ।
५० अर्बको हिस्सा रहेको छ। औषधिको बजार १८ देखि २० प्रतिशतले बढेको छ। औषधि ऐन २०३५ संसोधन गर्नुपर्ने उनको भनाइ छ । सुडानको एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले तीन दिनसम्म चल्ने एक्स्पो १२० वटा बहुराष्ट्रिय कम्पनी र ४५ वटा नेपाली औषधि उद्योगहरूले सहभागिता जनाउने जानकारी दिए । संयोजक बरालले एक्स्पोमा विभिन्न विषयमा टेक्निकल सेमिनार हुने जानकारी दिँदै सञ्चारमाध्यमको सहजताको लागि मिडिया सेन्टरको व्यवस्था गरिएको बताए ।
२०२७ मा रेबिजको भ्याक्सिन बनाउन थालिएको हो । o३६ सालमा औषधि बनाउन सुरु भयो । अहिले ७२ उद्योगले औषधि उत्पादन गर्छन् । बाकी ३२ कम्पनी बजारमा औषधि उत्पादन गर्ने क्रममा छन् । भारतले धेरै सस्तोमा औषधि बनाउँछ। त्यहाँ सरकारीस्तरमा औषधि अनुसन्धान गर्ने गरेका छन् । भारतबाट २२ खर्बको औषधि निर्यात हुँदै आएको छ । औषधि उद्योगमा सरकारले धेरै सहयोग गरेको छ।
बाङ्गलादेशलेपनि औषधिको क्षेत्रमा ठूलो उपलब्धि गरेको छ। बाङ्गलादेशले १२० देशमा औषधि निर्यात गरिरहेको छ । नेपालमा औषधि सल्लाहकार समितिको बैठक बस्न सकेको छैन । नेपालमा प्रतिस्पर्धा धेरै रहेको छ। ८० प्रतिशत आत्मनिर्भर हुन सकिने नेपालका औषधि उत्पादकहरु बताउँछन् । भारतले ८ प्रतिशत उत्पादन बढायो भने नेपाललाई नि:शुल्क दिन सक्छ । यो हाम्रो लागि गम्भीर विषय हो। अहिले नेपाली उद्योगमा उत्पादन भएका सेनिटाइजर बिक्दैन । भारतबाट आएको मात्र बिक्रीवितरण भइरहेको छ । तीन वर्षमा औषधिमा आत्मनिर्भर हुन सकिने तर सरकारले सहुलियत दिनुपर्ने औषधि उत्पादकहरुको जोड रहँदै आएको छ । नेपाली औषधिमा पनि अन्तर्राष्ट्रियस्तरको रहेको सुनाए । उनका अनुसार एक्स्पोमा करिब ६० हजार अवलोकनकर्ताहरुले भ्रमण गर्ने छन् । एक्स्पोले नेपालमा उत्पादन भइरहेको औषधी उत्पादनको प्रविधी र यसमा अपनाइएका संवेदनशिलताकोबारेमा जनमानसमा सचेतना दिने, नेपालको औषधी उत्पादनलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन र अझ प्रविधी मैत्री र दक्षता प्रदान गर्ने बरालको भनाइ छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस