कांग्रेसबाट काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उठाउने सहमति
काठमाडौं । नेपाल कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उठाउने निश्चित भएको छ । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकमा काठमाडौंको मेयरमा सिंहको नाममा सबै सहमत भएका छन् ।
कांग्रेसका एक नेताका अनुसार काठमाडौं महानगरपालिकाको मेयरमा सिंहलाई उठाउन सबै नेता एकमत भएका छन् । अन्य महानगरपालिकाको हकमा छलफल चलिरहेको ती नेताले बताए । कोभिड-१९ को समयमा संक्रमितलाई व्यवस्थापन गर्न सक्रिय सिंहलाई कांग्रेसले काठमाडौं महानगरको मेयरमा अघि सारेको हो । उनले कोभिडको समय आइसोलेसन सेन्टरहरूमा मेडिकल सामग्रीहरु उपलब्ध गराएकी थिइन् ।
काठमाडौंको क्षेत्रपाटी, बानेश्वरको रत्नराज्यलगायतमा खोलिएका कोभिड आइसोलेसन सेन्टरमा विभिन्न स्वास्थ्य सामग्री अपलब्ध गराएकी थिइन् । उनै सिंहलाई कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयर बनाउने भएको हो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस