ढाका टोपी ढल्काउँदै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस लागे जेनेभा


काठमाडौं ।  नेपाली राष्ट्रिय टोपीको रुपमा मान्यता पाएको ढाका टोपी ढल्काउँदै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस जेनेभा प्रस्थान गरेका छन् ।

तीनदिने नेपाल भ्रमणमा आएका महानिर्देशक टेड्रोस बिहान साढे ९ बजे फ्लाइट नम्बर EK2356 मार्फत जेनेभा प्रस्थान गरेका हुन् । उनलाई विदाइ गर्न परराष्ट्र मन्त्रालयकी प्रवक्ता सहसचिव सेवा लम्साल, स्वास्थ्य मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख डा. संगीता कौशल मिश्रा र नेपालका लागि डब्ल्यूएचओका प्रतिनिधि डा. राजेश पाण्डव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । महानिर्देशक टेड्रोसलाई परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्साल र  स्वास्थ्य मन्त्रालयकी प्रवक्ता सेवा  लम्साल र स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले ढाका टोपी लगाएर विदाइ गरेका हुन् ।

डब्ल्यूएचओको दोस्रो कार्यकालका लागि भोट माग्न नेपाल आएका उनी नेपालमा महत्त्वपूर्ण भेटघाट सकेर जेनेभातिर लागेका छन् । महानिर्देशक टेड्रोसले नेपाल भ्रमणका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा. नारायण खड्का, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालगायतलाई भेटे ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस, #ढाका टोपी, #परराष्ट्र मन्त्रालयकी प्रवक्ता सहसचिव सेवा लम्साल, #स्वास्थ्य मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख डा. संगीता कौशल मिश्रा

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ