शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज


काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । छातीमा समस्या देखिएपछि किष्ट अस्पतालमा भर्ना भएका जोशी १० दिनपछि डिस्चार्ज भएका हुन् ।

अस्पतालका निर्देशक  प्रा.डा सुरज बज्राचार्यका अनुसार मूत्र प्रणालीको संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएकाले उनलाई अस्पताल भर्ना गरिएको हो । जोशीको स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको अस्पतालको भनाइ छ । जोशी यसअघि पनि यस्तै समस्या परेपछि अस्पताल भर्ना भएका थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ