स्वास्थ्यमा ७ संकल्पसहित कांग्रेसले सार्वजनिक गर्‍यो घोषणा पत्र


काठमाडौं । नेपाली कांग्रेसले स्वास्थ्य क्षेत्रमा ७ संकल्पसहित स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ ।

पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाको नेतृत्वमा स्थानीय तह निर्वाचन-२०७९ घोषणा पत्र सार्वजनिक गरिएको हो । सबैलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली, घरमै स्वास्थ्य सेवा जनस्वास्थ्यमा लगानी भन्ने नाराका साथ स्वास्थ्यलाई घोषणा पत्रमा उच्च प्राथमिकता दिएको छ ।

निःशुल्क आधारभूत स्वास्थ्य सेवा, गुणस्तरीय सेवामा सहज र समतामूलक पहुँचको सुनिश्चितता गर्न नेपाली कांग्रेसले स्वास्थ्यमा ७ संकल्प गरेको छ ।

कांग्रेसको ७ संकल्पमा भौतिक पूर्वाधार र उपकरण, दक्ष र उत्प्रेरित जनशक्ति, घर नजिक निःशुल्क आधारभूत स्वास्थ्य, सबैलाई स्वास्थ्य बीमा, गुणस्तरीय सेवामा सहज र समतामूलक पहुँच, सचेत नागरिक जवाफदेही नेतृत्व र सबल स्थानीय स्वास्थ्य प्रणाली रहेको छ ।

हेर्नुहोस् कांग्रेसको घोषणा पत्रमा स्वास्थ्य

 

 

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ