काठमाडौंको नागढुङ्गाबाट लागुऔषधसहित एकजना व्यक्ति पक्राउ


काठमाडौं ।  नागढुङ्गा चेक प्वाइन्टबाट १२०० एम्पुल लागुऔषधसहित एकजना व्यक्ति पक्राउ परेका छन् । सार्वजनिक यातायातमा सवार धनुषा जनकनन्दनी गाउँपालिका वडा नं. २ घर भएका २३ वर्षीय हेमन्त यादवलाई लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं चन्द्रागिरी नगरपालीका वडा नं. २ स्थित नागढुङ्गा चेक प्वाइन्टमा जनकपुरदेखि काठमाण्डौतर्फ आउँदै गरेको गरेको बा १ प १२३२ नम्बरको यात्रु बाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीद्वारा चेक जाँच गर्ने क्रममा उक्त बसमा यात्रा गरी आएका यादवले बोकेको झोलाभित्र  प्रतिबन्धित लागुऔषध फेला परेकोले बरामद गरी नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।  यादवउपर  काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

यी हुन् यादवको झोलाबाट बरामद लागुऔषध

१) DIAZEPAM (डाइजेपाम) लेखिएको ४०० एम्पुल ।

२) PHENERGAN (फेनारगन) लेखिएको ४०० एम्पुल ।

३) तलर पदार्थ भरिएको नाम उल्लेख नभएको ४०० एम्पुल ।

४) NOOPHIN (नुफिन) लेखिएको टाँस्ने स्टिकर ४०० थान ।

क्याटेगोरी : समाचार
ट्याग : #प्रहरी नियन्त्रणमा, #लागु औषध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ