भोजपुरमा वृहत्त स्वास्थ्य शिविर राख्ने मेयर आले फेरि मेयरमा उठे


काठमाडौं । भोजपुर जिल्लामा वृहत्त स्वास्थ्य शिविर आयोजना गर्ने कैलाश आले मगर फेरि मेयरमा उठेका छन् ।

भोजपुरे जनतालाई सबै किसिमको स्वास्थ्य सेवा दिने उद्देश्यले आलेको आयोजना भोजपुरमा वृहत्त निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो । देशैभरका वरिष्ठ चिकित्सकहरुको सहभागितामा अहिलेसम्मकै ठूलो दाबी गरिएकाे स्वास्थ्य शिविर भोजपुर नगरपालिकाका मेयर आलेको आयोजनामा सम्पन्न भएको हो । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीको नेतृत्वमा ५० जनाभन्दा बढी चिकित्सक उक्त स्वास्थ्य शिविरमा सहभागी भएका थिए ।

डा. भगवान कोइराला, भुपेन्द्र बस्नेत, प्रमोद जोशी, रत्नमणि गजुरेल लगायतका चिकित्सलाई लगेर ३ हजार भोजपुरे जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न आलेको विशेष भूमिका छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. कार्की र दावाँली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठसँग मिलेर गत फागुनमा मेयर आलेले भोजपुरमा वृहत्त स्वास्थ्य शिविर संचालन गर्न सफल भएका थिए । भोजपुरमा वृहत्त स्वास्थ्य शिविर राख्ने मेयर आले फेरि मेयरमै उठेका छन् । जनताको स्वास्थ्यमा समर्पित आले फेरि भोजपुर नगरपालिकाको मेयर बनेर त्यस्तै काम गर्न चाहन्छन् । आलेलाई कांग्रेसले भोजपुर नगरपालिकाको मेयरमा अघि सारेको हो ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ